‘राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रश्तुत गर्न पाउनुपर्छ’:- वामदेव गौतम

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रश्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राख्नुभयो । उहाँले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुको संलग्नता भएको प्रश्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियाग लगाउँदा राष्ट्रिय सभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताउनु भयो । उहाँले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभइ संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताउनु भयो । उहाँले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले भन्नैपर्छ, प्रतिनिधि सभा नियमावली बमोजिम चलेन । धेरै त्यस्ता प्रमाणहरु छन्, प्रतिनिधि सभामा जहाँ सभामुखले नियमअनुसार कारबाही गरेको पनि पाइएन, भद्रगोल भयो । तर म आइसकेपछि राष्ट्रिय सभाको पूर्वअध्यक्षद्वारा जसरी भुमिका निर्वाह भयो, त्यो सम्झँदा मलाई पनि गौरव लाग्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्छ । समान जिम्मेवारी पूरा गर्नुपर्छ । संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्छ । एकदिन अध्यक्ष र अर्कोदिन सभामुखले । राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्छ । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुको संलग्नता भएको प्रश्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्छ । राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरुको संलग्नता बेगर हुनु हुँदैन । दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्छ, प्रतिनिधि सभालाई होइन ।’
उहाँले प्रतिनिधि सभा नियमावली बमोजिम चल्न नसकेको जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...