fbpx

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने, पाठेघर स्वस्थ राख्ने खानपान

author

समाचारपाटी

१ हप्ता अगाडि

पाठेघर महिलाको शरीरमा हुने महत्वपूर्ण अंग हो । यो संवेदनशील अंग पनि हो । त्यही कारण पनि पाठेघरको सुरक्षा र स्वास्थ्यमा बढी सचेत हुनुपर्छ । पाठेघर नभएका महिला आमा बन्न सक्दैनन् । यसबाहेक पाठेघरको भित्री तह टुक्रिएर महिनावारी हुने अनि केही हर्मनको उत्पादन र सन्तुलनमा पनि यसले मद्दत गरेको हुन्छ ।

पाठेघर प्रजनन् प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । पाठेघर भनेको ‘गर्भको घर’ हो । यसको मुख्य काम बच्चाको गर्भधारण र पालनपोषण हो । यो मूत्राशय र मलद्वारबीचमा अवस्थित हुन्छ । पाठेघरसँग अण्डाशयको भाग पनि जोडिएको हुन्छ ।

अण्डाशय पाठेघरको दुवै छेउमा अवस्थित हुन्छ । अण्डाशयले अण्डाहरू उत्पादन गरेर पाठेघरको नली हुँदै पाठेघरमा पुर्‍याउँछ । त्यो अण्डा शुक्राणुद्वारा उत्पन्न हुन र निषेचन हुन तयार हुन्छन् ।

पाठेघरको आकार र संरचना

पाठेघरको आकार र संरचना व्यक्तिको उमेर, हर्मोनल स्थिति र गर्भावस्थाको अवस्थामा निर्भर हुन्छ । सामान्य पाठेघरको आकार ‘पियर’ नास्पाती जस्तै हुन्छ र यसको तौल लगभग ६०-१०० ग्राम हुन्छ । पाठेघरका पर्खालहरू मांसपेशी र तन्तुहरू मिलेर बनेका हुन्छन् ।

पाठेघरको काम

प्रजननका लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघर बिना सन्तान उत्पादन गर्न सम्भव छैन । यद्यपि, सन्तान उत्पादनका लागि पाठेघर मात्र जिम्मेवार छैन । अण्डाशय, शुक्रकीट, पाठेघरको समान भूमिका रहन्छ ।

महिनावारी हुनुमा पनि पाठेघरको अहम् भूमिका हुन्छ । तर पाठेघर नभएपनि महिला हुन चाहिं सक्छ । तर अण्डाशय भएन भने महिला हुन असम्भव छैन ।

आमाको गर्भमै हुँदा पाँच महिनादेखि नै महिलाको पाठेघरको विकास भइसकेको हुन्छ । शरीरमा एउटा ‘मुलेरियन डट’ भन्ने अङ्ग हुन्छ । दुईवटा ‘मुलेरियन डट’ मिलेर पाठेघर बन्छ । गर्भमै रहँदा नौ महिनामा यसको पूर्ण विकास भइसकेको हुन्छ भने उमेर बढेसँगै यसको आकार बढ्दै जान्छ ।

२१ वर्षको उमेरमा पाठेघर सक्रिय हुन्छ र ऊ गर्भवती हुन तयार पनि हुन्छ । २१ वर्षदेखि २८ वर्षको उमेरसम्ममा पाठेघर सक्रिय हुन्छ ।

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?
पाठेघरमा देखापर्ने समस्या

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट ९डल्लो० पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन् ।

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?

सेतो गन्हाउने पानी बग्ने, पाठेघर सुन्निंदा अत्यधिक पेट दुख्ने र रगत जाने, समयमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने वा अत्यधिक पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्क गर्दा दुख्ने वा रगत देखा पर्ने कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा देखिने लक्षण हुन् ।

पाठेघर बलियो बनाउने उपाय

महिनावारीको समयमा एउटै प्याड लामो समयसम्म प्रयोग गर्नुहुँदैन । पाठेघर स्वस्थ राख्न ‘हाइजिन मेन्टेन’ शरीर तथा यौन अङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सुतीको पेन्टीको प्रयोग गर्नुपर्छ र दिनमा दुई पटक पेन्टी परिवर्तन गर्नुपर्छ ।

पाठेघरलाई स्वस्थ राख्न धुम्रपानबाट टाढा रहनुपर्छ । किनभने यसको प्रयोगले पाठेघरलाई नोक्सान पुर्‍याउन सक्छ । चुरोट पिउने महिलाको शरीरमा एस्ट्रोजनको मात्रा कम हुन थाल्छ र बच्चा जन्माउन पनि समस्या हुनसक्छ । साथै, धुम्रपानले पाठेघरको मुखको क्यान्सरको जोखिम पनि बढ्छ ।

कलिलो उमेरमा २० वर्षअघि यौन सम्पर्क तथा गर्भधारण गर्नुहुँदैन । एक भन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुँदैन । पाठेघरलाई बलियो तथा स्वस्थ बनाउन शारीरिक व्यायाम गर्नु पनि त्यत्तिकै जरुरी हुन्छ । स्वास्थ्यकर खानेकुरा खानुपर्छ ।

वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्छ । २१ वर्षदेखि ६५ वर्षका महिलाहरुले हरेक तीन वर्षमा प्याप स्मेयर टेस्ट गर्नुपर्छ । पाठेघरमा कुनै पनि प्रकारको समस्या देखापर्‍यो भने चिकित्सकको सल्लाह अनुसार उपचार गरेर पाठेघरलाई स्वस्थ राख्न सकिन्छ ।


पाठेघर स्वस्थ राख्ने खानपान

हरियो सागपात : हरियो सागपातमा आइरन, क्याल्सियम र फोलेट प्रचुर मात्रामा पाइन्छ । यी पोषक तत्वले क्षारीय सन्तुलन कायम राख्छ र गर्भाशयको कार्य सुनिश्चित गर्छ । तिनीहरूले गर्भाशयको प्रतिरक्षा बढाउन र बलियो बनाउन पनि मद्दत गर्छन्, जसले गर्दा संक्रमण रोक्न पनि मदत गर्छ ।

माछामासु : माछामासु प्रोटिनका उत्कृष्ट स्रोत हुन् । प्रोटिन हाम्रो शरीरको निर्माण ब्लक हो । यसले स्वस्थ गर्भाशय कायम राख्न मद्दत गर्छ ।

ड्राइफ्रुट : बदाम, ओखर, काजू, आलस र चिया सीड भिटामिन सीका स्रोत हुन् । ओमेगा–३ फ्याटी एसिड र राम्रो कोलेस्टेरोल पनि हुन्छ । यी महत्त्वपूर्ण पोषक तत्वले गर्भाशय फाइब्रोइड र पाठेघरको क्यान्सरको जोखिम कम गर्छ । यी खानेकुराले बच्चाका लागि उचित जन्म वजन पनि सुनिश्चित गर्छ ।

सम्पूर्ण अन्नः ब्राउन राइस, ओट्स, क्विनोआ र होल गहुँको रोटी जस्ता फाइबरयुक्त सम्पूर्ण अन्नले फाइब्रोइड ट्युमरलाई नियन्त्रण र रोक्न मद्दत गर्छ । तिनीहरूले महत्त्वपूर्ण अंगलाई स्वस्थ राख्छन् र शरीरबाट अतिरिक्त एस्ट्रोजन बाहिर निकालेर उचित कार्यमा मद्दत गर्छ ।

डा. रञ्जना यादव

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, माघ ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन