fbpx

अमेरिका न्यासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

author

समाचारपाटी

१ year अगाडि

वासिङटन डिसी । अमेरिकाको टेनेसी राज्यको न्यासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ। गोली लागेर मृत्यु भएका बालबालिकाको उमेर लगभग ९ वर्ष रहेको छ। गोली लागेर मृत्यु भएका तीन वयस्क ६०–६१ वर्षका छन्।

प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो। सो विद्यालयमा ११ वर्षसम्मका बालबालिका पढ्छन्।

यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एकपटक पुरानो बहसको चर्चा सुरु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गर्ने कुरा गरेका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन्। न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकका अनुसार आक्रमणकारीले आफ्नो बाटोमा आउने जो कोहीलाई गोली हानेका हुन्।

आक्रमणकारी तेस्रोलिङ्गी भएको प्रहरीले जनाएको छ।

बीबीसी


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...