अमेरिकी सिनेटले पाम बोन्डीलाई महान्यायाधिवक्ता, न्याय विभागको प्रमुखको रूपमा पुष्टि गर्न मतदान गरेको छ । माथिल्लो सदनले ५४–४६ को मतले मनोनयनलाई अनुमोदन गरेको हो । जसमा केवल एक डेमोक्र्याटिक सिनेटरले बोन्डीलाई समर्थन गर्न रिपब्लिकनहरूसँग सामेल भए । नोभेम्बरको अन्त्यमा तत्कालीन राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले २०११ देखि २०१९ सम्म फ्लोरिडा राज्यका पूर्वमहान्यायाधिवक्ता बोन्डीलाई अर्को अमेरिकी महान्यायाधिवक्ताको रूपमा छनोट गर्नुभएको हो । उहाँ २०२० मा ट्रम्पको पहिलो महाभियोग मुद्दाको समयमा उहाँको कानूनी टोलीको सदस्य हुनुहुन्थ्यो ।
सिन्ह्वा