फेरि अमेरिकाको राष्ट्रपतिमा ८० वर्षीय बाइडेनकाे उम्मेदवारी दिने घोषणा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ । बाइडेनले मंगलबार एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गर्नुभएकाे छ । डेमोक्र्याटले बाइडेनले दोश्रो कार्यकालका लागि दावी गर्ने संकेत गर्दै आइरहेको थियो ।

बाइडेनले स्वतन्त्रता र अधिकार खतरामा रहेको परेको भन्दै उहाँले भन्नुभयाे, ‘यो सन्तुष्ट हुने समय होइन, त्यसैले म दौडिरहेको छु ।’ ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुनुहुन्छ । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उहाँ ८६ वर्षकाे हुनुहुछनेछ ।

‘अमेरिकी भावनाको पुनर्स्थापन’ गर्ने वाचा गर्नुभएका उहाँले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउनुभएकाे थियाे । ‘जब म चार वर्षअघि राष्ट्रपतिको लागि दौडेको थिएँ, मैले भनें कि हामी अमेरिकी भावनाको लडाइँमा छौं, र हामी अझै पनि छौं,’ बाइडेनले तीन मिनेटको भिडियोमा भन्नुभयाे ।

डेमोक्र्याटिक उम्मेदवारीका लागि उहाँसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी छैनन् अर्थात् पार्टीमा उहाँको उम्मेदवारीको सहज बाटो निश्चित छ । तर पनि उमेरका कारण उनी राष्ट्रपतिमा दोहोरिनु हुन्न भन्ने मत भने डेमोक्र्याटिक भित्रै रहेको बीबीसीले जनाएको छ ।

बीबीसी


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन