अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार सिरियामाथिका अधिकांश प्रतिवन्धहरू समाप्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपतिले सिरियामाथिको संयुक्त राज्य अमेरिकाको प्रतिवन्ध कार्यक्रम समाप्त गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुहुनेछ । यो देशको स्थिरता र शान्तिको मार्गलाई प्रवद्र्धन र समर्थन गर्ने प्रयासमा रहेको बताइएको छ । आदेशले पूर्व राष्ट्रपति असदमाथिको प्रतिवन्धहरू कायम राख्दै सिरियामाथिको प्रतिवन्धहरू हटाउने बताइएको छ ।
आदेश पछि अवस्थित सिरिया प्रतिवन्ध कार्यक्रम सिर्जना गर्ने पाँच कार्यकारी आदेशहरू तत्काल खारेज गरिएको छ । जबकि राज्य विभागले सिजर ऐन अन्तर्गत प्रतिवन्धहरूको १८०–दिनको छुट जारी गरिएको छ । सिरियामा ५४ वर्षे असदको शासन डिसेम्बर ८, २०२४ मा समाप्त भएको थियो ।
सिन्ह्वा