fbpx

ट्रम्पद्वारा जेएफके, आरएफके, एमएलके हत्याका बाँकी फाइल सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर

author

समाचारपाटी

२ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जोन एफ. केनेडी (जेएफके), उनका भाइ रोबर्ट एफ. केनेडी (आरएफक) र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियर (एमएलक) को हत्याका बाँकी फाइलहरू सार्वजनिक गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरूबाट जानकारीको निरन्तर सम्पादन र रोक लगाउने कार्य सार्वजनिक हितसँग मेल नखाने भन्दै उहाँले यी रेकर्डहरूको प्रकाशन लामो समयदेखि हुन बाँकी रहेकाले सार्वजनिक गर्न लागिएको बताउनु भयो । यद्यपि कंग्रेसको कुनैपनि ऐनले सिनेटर रोबर्ट एफ. केनेडी र रेभरेन्ड डा. मार्टिन लुथर किंग, जूनियरको हत्यासँग सम्बन्धित जानकारीको प्रकाशनलाई निर्देशन दिँदैन । प्रत्येक हत्यासँग सम्बन्धित संघीय सरकारको स्वामित्वमा रहेका सबै रेकर्डहरूको प्रकाशन पनि सार्वजनिक हितमा रहेको ट्रम्पले बताउनु भयो । कार्यकारी आदेशमा ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र महान्यायाधिवक्तालाई १५ दिन भित्र हत्यासँग सम्बन्धित रेकर्डहरूको पूर्ण प्रकाशनको लागि योजना प्रश्तुत गर्न निर्देशन दिनुभएको छ । संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति जेएफकेको नोभेम्बर २२, १९६३ मा टेक्सासको डलासमा मोटरकाडमा सवार हुँदा हत्या गरिएको थियो । ली हार्वे ओस्वाल्डलाई हत्यामा पक्राउ गरिएको थियो । तर हत्याको दुई दिन पछि ओस्वाल्डको अचानक मृत्यु भएको थियो । 
१९९२ मा कंग्रेसले हत्यासँग सम्बन्धित सबै कागजातहरू २५ वर्षभित्र अक्टोबर २६, २०१७ सम्ममा जनतालाई उपलब्ध गराउनुपर्ने आवश्यकता राखेको थियो । जनवरी २०१७ मा शुरु भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कार्यकारी विभाग र एजेन्सीहरूबाट प्रश्तावित सम्पादनहरू स्वीकार गर्नुभयो । तर बाँकी सम्पादनहरूको निरन्तर पुनर्मूल्याङ्कन गर्ने आदेश दिनुभयो । ट्रम्पको उत्तराधिकारी जो बाइडेनले २०२१, २०२२ र २०२३ मा यी रेकर्डहरू सम्बन्धी पछिल्ला प्रमाणपत्रहरू जारी गर्नुभयो । जसले एजेन्सीहरूलाई कागजातहरूको समीक्षा गर्न र सार्वजनिक खुलासाबाट जानकारी रोक्न थप समय दिएको थियो । 
केनेडी परिवारका अर्का प्रमुख व्यक्तित्व, आरएफके अमेरिकी सिनेटर र महान्यायाधिवक्ताको रूपमा आफ्नो भूमिकाका लागि प्रसिद्ध थिए । सन् १९६८ मा डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीको अभियानको क्रममा उनको हत्या भएको थियो । स्वास्थ्य तथा मानव सेवा सचिवका लागि ट्रम्पका मनोनित रोबर्ट एफ. केनेडी जूनियर आरएफके वरिष्ठका छोरा हुन् । एमएलके अमेरिकी नागरिक अधिकार आन्दोलनमा सबैभन्दा प्रमुख व्यक्तित्वहरू मध्ये एक हुन् । जातीय पृथकीकरण र असमानता विरुद्धको अहिंसात्मक अभियानप्रतिको उनको प्रतिवद्धता, साथै उनको प्रसिद्ध आई ह्याभ अ ड्रीम भाषणको लागि उनी प्रख्यात छन् । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...