अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने डोनाल्ड ट्रम्पको निर्णय

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।

ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् । उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।

विज्ञहरु के भन्छन् ?

विज्ञहरुको अनुमान भने ट्रम्पको भनाइभन्दा फरक छ । उनीहरुका अनुसार ट्रम्पको यो कदमबाट अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्छ, मूल्य बढ्न सक्छ र सहयोगी देशसँगको सम्बन्ध बिग्रिन सक्छ । अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो, जसको मूल्य करिब २४० बिलियन डलर थियो ।

अमेरिकामा सबैभन्दा बढी मेक्सिकोमा बनेका कार आयात हुने गर्दछन् । त्यसपछिको सूचीमा दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् । बीबीसीका अनुसार ट्रम्पको नयाँ कदमले विश्वस्तरमा हुने कारको व्यापार र यसको वितरण प्रणाली प्रभावित हुने खतरा छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन