fbpx

उर्लाबारीमा आगलागीमा परी घाईते ६ जनाको अवस्था गम्भीर

author

समाचारपाटी

११ महिना अगाडि

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
शुक्रवार घाईतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुग्नुभएका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराउनुभएको हो । उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताउनु भयो । उहाँले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताउनु भयो । उहाँले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरु काममा लागिरहनुभएको छ । यसको बेटर म्यानेजमेण्ट गर्नेछौँ । ६ जनाको अवस्था क्रिटिकल्ली छ ।’ 

घाइतेको अवस्था बुझ्न अीपताल पुग्नुभएका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताउनु भयो । उहाँले अमेरिकाबाट आईतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराउनु भयो । उहाँले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । 

उहाँले भन्नुभयो, ‘५÷६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आईतवार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरुलाई निको पार्नेछौँ ।’

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो।


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन