पोखरामा ‘Urban Planning: Tools and Techniques’ विषयक ४ दिवसीय तालिम सम्पन्न

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । गण्डकी — नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘Urban Planning: Tools and Techniques’ विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन समारोह नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष इन्जिनियर सन्तोष जिसीले अध्यक्षता गर्नुभएको थियो भने विशेष अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष सुमन थापा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर संजयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारीको उपस्थिति रहेको थियो।

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका थिए। सहभागी सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव साझा गर्दै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पार्नुभयो।

त्यस्तै, प्रमुख अतिथि इन्जिनियर प्रकाश केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारे महत्वपूर्ण विचार राख्नुभयो। उहाँले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रमका अध्यक्ष सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने 'नेपाल इन्जिनियर दिवस'को अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा गर्नुभयो।

कार्यक्रमको सञ्चालन इन्जिनियर निरज लामिछानेले गर्नुभएको थियो।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ