fbpx

‘राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम राजनीति हो’:-प्रकाशमान सिंह

author

समाचारपाटी

१ महिना अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।

शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताउनु भयो । उहाँले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताउनु भयो । उहाँले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताउनु भयो । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गर्नुभयो । उहाँले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले मान्छेहरुलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु मात्रै राजनीतिमा लाग्छ भन्नेखालको भाष्य डेभलप गर्न खोजिरहेको छ । त्यसमा तपाईंहरु सबैले के बुझ्नुपर्यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोचि लाग्नु हुँदैन । राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम राजनीति हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो । यहाँ अनेकौँ मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन् । आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन