fbpx

स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानबाटै अहिलेको उपलब्धि सम्भव: उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।


मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताउनु भयो । उहाँले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताउनु भयो । मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको बताउनु भयो । उहाँले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गर्नुभएको बताउनु भयो । स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको बताउनु भयो । साथै उहाँले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानको कारणले नै आजका दिनमा हामीले यि सबै अधिकारहरु भेला हुन पाउने, बोल्न पाउने अधिकार त्यसै आएको होइन । यो धेरैको बलिदानबाट आएको हो । मंगलादेवी सिंह खास गरेर नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ साल हामीलाई याद छ । जनमत संग्रहको समयमा पनि निलो र पहेँलो, निलो भनेको बहुदलीय व्यवस्थाको लागि र पहेँलो भनेको सुधारिएको पञ्चायत भनेर जनमत संग्रह भएको थियो । त्यो बेला उहाँले ७५ जिल्लामा महिलाहरु संगठित गरेर निलोमा, बहुदलको पक्षमा मत हाल्न गर्नुभएको योगदान बिर्सिनु हुँदैन । ०४२ सालको सत्याग्रहमा उहाँ जेल पर्नुभयो । ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन अविष्मरणीय योगदान गर्नुभएको छ । उहाँले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको थियो ।’


उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । महिलाहरुलाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाउनुभएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन