fbpx

भ्रष्टाचार बिरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण हुँदैछः उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार नियन्त्रणमा राज्य अझ बढी सक्रिय जरुरी देखिएको बताउनुभएको छ ।

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल हुँदै गएकाले राज्य अझ बढीइ सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार संगठित अपराध भएकाले भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई पनि कमजोर पार्ने बताउनु भयो । उहाँले भ्रष्टाचारले घुसखोरी र अनियमिततालाई बढवा दिएर आर्थिक विकासलाई सुस्त बताउनु भयो । उहाँले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित पार्ने, राजनीतिक अस्थिरता निम्त्याउने काम गर्ने भन्दै समस्याको पहिचान गरी समस्या समाधान गर्नको लागि साझा प्रयास आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले सुशासन कायम गरी सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व भएको र सुशासनको लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवद्र्धन अनिवार्य शर्त रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यको सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिवद्ध हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘भ्रष्टाचार एउटा संगठित अपराध हो । भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई पनि कमजोर पार्दछ । घुसखोरी र अनियमिततालाई बढवा दिएर आर्थिक विकासलाई सुस्त बनाउँछ । निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता पनि बढाउँछ । यस प्रकारका समस्याको पहिचान गरी समस्या समाधान गर्नको लागि साझा प्रयासको रुपमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले भ्रष्टाचारबिरुद्धको महासन्धी पारित गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भ्रष्टाचार निवारणका लागि विभिन्न कार्यहरु गर्न, भ्रष्टाचारबिरुद्ध लड्न र भ्रष्टाचार रोक्नुको साथै सदाचारमा लाने एवं भ्रष्टाचार बिरुद्ध जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यका सन्दर्भमा भ्रष्टाचार बिरुद्धको दिवसको विशेष महत्व रहेको छ । सुशासन कायम गरी सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व हो । सुशासनको लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवद्र्धन अनिवार्य शर्त हो । प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल हुँदै गएको कारण भ्रष्टाचार नियन्त्रणमा राज्य अझ बढी सक्रिय हुनु जरुरी छ । साथै भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यको सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिवद्ध रहनुपर्छ । भ्रष्टाचारका सबै स्वरुप र आयामहरुलाई अपराधको रुपमा परिभाषित गरी दण्डनीय बनाउने, भ्रष्टाचार सम्बन्धी कसुरको सम्बन्धमा सुपर्दगी पारस्परिक सहायता र भ्रष्टाचारजन्य कसुरबाट आर्जित सम्पती फिर्ता गर्ने सम्बन्धी कानून तथा संस्थागत व्यवस्थालाई प्रभावकारी बनाउने, निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रुपमा परिभाषित गरी दण्डनीय बनाउने, बहुआयामिक रुपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्य र सहयोगमा निर्वाण गर्ने लगायतका विषयलाई सम्बोधन गर्ने र भ्रष्टाचारबिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन सम्बन्धी रणनीति तथा कार्ययोजना २०६९ को कार्यान्वनयको समीक्षा गरी राज्यको विद्यमान संरचनाअनुरुप भ्रष्टाचार रोकथामका लागि तीन वटै तहका सरकारका भुमिकालाई स्पष्ट गर्न नेपाल सरकारले भ्रष्टाचार बिरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।’ 


उपप्रधानमन्त्री सिंहले राज्यको विद्यमान संरचनाअनुरुप भ्रष्टाचार रोकथामका लागि तीन वटै तहका सरकारका भुमिकालाई स्पष्ट गर्न नेपाल सरकारले भ्रष्टाचार बिरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक