fbpx

‘दिगो,आधुनिक विकास निर्माण आवश्यक छ’:- उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

१ महिना अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अहिले तिब्र शहरीकरणबाट गुज्रिरहेको बताउनु भयो । उहाँले आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याउनु भयो । उहाँले नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताउनु भयो । विनशकारी प्रभावहरु बढिरहेको उल्लेख गर्दै शहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरुको  खोजि आजको चुनौति रहेको रहेको समेत बताउनु भयो । 

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ । अर्कोतर्फ हालको वर्षहरुमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्नेगरी विनासकारी प्रभावहरु बढेर गएका छन् । यस परिपेक्षमा हाम्रा सहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरु खोजि गर्न आजको चुनौति रहेको छ । नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु हाम्रो ठूलो सम्पती हुन् । यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरुको सिर्जना गर्दै आइरहेका छन् । तर अहिलेको निर्माण पद्धतिहरुमा मौलिकताको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ । नेपाली पहिचानको धरोहरको रुपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता महशुस गरेको छु । नेपाल अहिले तिब्रतर शहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरु अवसरको खोजिमा शहरमा बसाईंसराई गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।’ 


योजनावद्ध शहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसावले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भिर आर्थिक, सामाजिक र वातावरणीय असरहरु पर्ने उहाँको भनाइ छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू