fbpx

बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्दछः उपप्रधानमन्त्री प्रकाशमान सिंह

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषि क्षेत्रको हितमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले कृषकहरु आर्थिक रुपमा अपm्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनीहरुलाई सहज हुने खालको नीति तथा योजना अघि बढाउन कृषि विकास बैंक लगायतका संस्थाहरुलाई सचेत गराउनु भयो । नेपाल कृषि प्रदान देश भनेर चिनिएको स्मरण गराउँदै उहाँले कृषकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको हितमा केन्द्रित भएर सम्बन्धित निकायहरुले काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाललाई हामी कृषिप्रदान देश भनेर भन्छौं । कृषि प्रदान देशमा कृषकहरुलाई आर्थिक तवरले वित्तीय अवस्थालाई सुधार गर्नमा यो कृषि विकास बैंक लिमिटेडले धेरै ठूलो भुमिका निर्वाह गर्दै आइरहेको कुरा देशव्यापी रुपमा सबैलाई थाहा भएको कुरा हो । अहिले यो कृषि विकास बैंक जुन छ । खुला अर्थनीतिको पोलिसी २०४६ सालपछि अघि बढेपछि धेरै प्राईवेट बैंकहरु आईसकेका छन् । आफूले पनि समयलाई राम्रोसँग बुझेर, त्यसको मागलाई  बुझेर कृषि र कृषकहरुलाई ध्यानमा केन्द्रित गरेर कृषि विकास बैंकले कसरी सहजीकरण गर्ने भन्ने कुरामा जोड दिनुपर्छ भन्ने कुरा तपाईहरुको गतिविधिबाट भईनै रहेको छ । अब त्यहाँका कर्मचारीहरु हितमा पनि लाग्नु पर्दछ भन्ने मलाई लागेको छ । कृषि विकास बैंकले खास गरेर सेवाग्राहीहरुलाई अलिसहज रुपमा सेवा प्रदान गरेर फाइनान्सियल रुपमा भईरहेको अपm्ठ्यारो फुकाउने गरी के लचिलो नीति अप्नाउने हो ? त्यस अनुसार अघि बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’


उपप्रधानमन्त्री सिंहले बैंक तथा वित्तीय संस्थाले संस्थाको उन्नति र प्रगतिका निम्ति पनि त्यहाँ कार्यरत कर्मचारीहरुको सेवा, सुविधा समयसापेक्ष बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक