fbpx

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

author

समाचारपाटी

४ हप्ता अगाडि

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वल्र्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताउनुभएको छ ।


इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनु भयो । उहाँले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ । त्यसमा पनि विशेष गरी संघीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर शहरहरु निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठूलो कन्ट्रिब्युुसन रहेको कुरा र त्यसमा पनि हाइलाइट गर्यौँ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो शहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पु¥याउने कुरामा जोड दिएको छु ।’


उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बतउनु भयो । गत आईतवार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाउनुभएको थियो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन