fbpx

‘नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ’

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । 


आईतवार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताउनुभएको हो । उहाँले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताउनु भयो । उहाँले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताउनु भयो । उहाँले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामीले राजतन्त्रलाई अन्त्य ग¥यौँ । एकात्मक शासकीय प्रणालीलाई अन्त्य ग¥यौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल त भयौँ । तर शिक्षा क्षेत्र ध्वस्त भएको छ । नेपालमा सबभन्दा अगाडी ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ । चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् । सरकारले चलाएको विश्वविद्यालय र क्याम्पसमा हेर्न जाने हो भने अब त विद्यार्थी पाउन पनि छोडिसक्यो । किन जानु त्यहाँ पढेर के हुन्छ ? मान्छेलाई विश्वास पनि भएन यति ध्वस्त भइसकेको छ । शिक्षा क्षेत्र ध्वस्त भएको नेपालको हालत चाहीँ के होला त ? जबकि प्रगतिको आधार नै शिक्षा हो । त्यसकारण शिक्षामा आमुल परिवर्तनको आवश्यकता छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ । शिक्षा अधिकार हो । मानव विकासको आधार हो । यसको दायित्व राज्यले लिनुपर्छ । जनताको मौलिक अधिकार हो । समाजवादको पहिलो आधार अहिलेको युगमा सबैका लागि गुणस्तरीय राम्रो शिक्षा हो ।  र सबैको लागि रोजगार नै समाजवादको आधार हो । कुनै देशमा समाजवाद छ, छैन भन्ने नाप्ने आधार के भने त्यहाँ राम्रो शिक्षा समान रुपले सबैले पाएका छन् कि छैनन्, सबैले रोजगारी पाएका छन् कि छैनन् ? छ भने त्यो समाजवादको दिशातिर अगाडी बढेको मुलुक हो । छैन भने समाजवाद हुन सक्दैन ।’ 

उहाँले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भएपनि व्यवहार भने विकृत पुँजिवादको उन्मुख भएको बताउनु भयो । त्यसैगरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उहाँले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताउनु भयो । उहाँले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरुले देशको नीति, योजना र कानून बनाउनुपर्नेमा जोड दिनुभयो । 


उहाँले भन्नुभयो – कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद आउँछ ? कर्मचारीले सरकारको नीति बनाउँछ, कर्मचारीले बजेट बनाउँछ, कर्मचारीले कानून लेखिदिन्छ, हामी संसदमा थपडी बजाउँछौ र पास गर्दिन्छौँ । देश जतासुकै जाओस् केही मतलव छैन । यो स्थितिबाट मुक्त गरेर राजनीतिक व्यक्तित्वहरु, विचारकहरु, बौद्धिक वर्गहरु बसेर, समाजवादी चिन्तकहरु बसेर मुलुकलाई कुन दिशामा जाने हो, त्यही अनुसार नीति, कार्यक्रम, कानून र योजना बनाएर अगाडी बढाउनुपर्ने बेला हो । ब्युरोक्रेसीको भरमा समाजवादको कल्पना गर्न सकिँदैन । परिवर्तन यहाँनिर आवश्यकता छ ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन