राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौं : उपेन्द्र यादव

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । 

महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उहाँको भनाई थियो ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताउनु भयो ।

अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरुको भन्दा महंगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल जस्तो अल्पविकसित देशमा विकसित पूँजीवादी देशहरुभन्दा महंगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । सुधार्नु यहाँ जरुरी छ । राजनीतिक दलहरु चुनाव लडदाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौं । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महंगो र खर्चिलो भयो । त्यसकारणले निर्वाचन प्रणाली र हाम्रो जस्तो अल्प विकसित मुलुकमा परिश्रम गर्दाखेरी उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलव छ ।

त्यसले ऊ आफूलाई धान्न सक्दैन । के गरोस्त त ? त्यहाँ पनि छ । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ । समाजवादका लागि एउटा यो ठूलो बाँधा रहेको छ ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरु नै नवधनाढय वर्गमा परिणत भएको दावी गर्नु भयो ।


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन