चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले लगाए ताला

author

समाचारपाटी

२ years अगाडि

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् ।

विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न पाँच बुँदामा असहमति जनाएका छन् । नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको छ ।

नयाँ पाठ्यक्रम कुन हो, कस्तो हो, कहाँ छ, कहिले बनेको हो, कुनै जानकारी विना नै सूचनामा नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराइने भनिएकोमा आफूहरुको आपत्ति रहेको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताउनुभयाे ।

उहाँले यसलाई विद्यार्थी माथिको धोका मात्रै भएको बताउनुभयाे । पाठ्यक्रम कहिले बनेको हो, त्यसले विधीसम्वत प्रकृया पूरा गरेको छ की छैन, कुन निकायबाट पास भएको हो, कुनै जानकारी छैन, खनालले भने, पदाधिकारीलाई जे मन लाग्यो त्यो गर्ने छुट छैन ।

प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामध्ये कुल प्राप्ताङ्कमा पनि संगठनहरूको आपत्ति जनाएका छन् । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्ताङ्क ल्याएकाहरुले मात्रै प्रवेश परीक्षामा सहभागी हुने पाउने व्यवस्था भएकोमा अहिले त्यसलाई घटाएर ४५ प्रतिशतमा झारिएको छ ।

निजी कलेजमा विद्यार्थीहरुको अभाव हुन थालेपछि यो प्रतिशत घटाइएको र बढि विद्यार्थी पास गराउने नियत राखिएको विद्यार्थी संगठनहरुको भनाइ छ । विश्वविद्यालयले सम्वन्धन दिएका निजी कलेजहरुमा विद्यार्थीको अभाव भएपछि पदाधिकारीले उनीहरुको प्रलोभनमा प्रवेश परीक्षाको न्यूनत्तम अंक घटाउने काम गरेको आरोप विद्यार्थीहरुको छ ।

नेविसंघ केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले विश्वविद्यालयका पदाधिकारीका निजी कलेज छन्, त्यसमा विद्यार्थी पुगेका छैनन्, धेरै उत्तीर्ण गराएर विद्यार्थी पुर्‍याउन खोजिएको बताउनुभयाे ।

विद्यार्थी प्रवेश परीक्षा सम्वन्धी सूचनामा स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयहरूको बाध्यात्मक अवस्था पनि हटाइएको छ । प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ मा कृषि पढ्न आवश्यक पर्ने अंग्रेजी, केमिस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन गरेको हुनुपर्नेमा त्यसलाई हटाएर ती विषय लिएर नपढेको विद्यार्थीले पनि भर्ना हुन पाउने प्रावधान राखिएको छ ।

विद्यार्थी भर्ना भैसकेपछि पढे पनि हुने विषय सूचनामा उल्लेख गरिएको छ । यसले कृषि विषय अध्ययनको गुणस्तर खत्तम भएर जाने विद्यार्थीहरुको चिन्ता छ । यसलाई पहिलाकै अवस्थामा राख्न विद्यार्थीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । विश्वविद्यालयले मनपरी ढंगले प्रवेश परीक्षाको शूल्क उठाउने र सो रकम विश्वविद्यालयको हितमा भन्दा पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको ‘भुँडी भर्न’मा खर्च गरिएको नजिर रहेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले यो रकम चर्को र अवैज्ञानिक भएको जनाएका छन् ।

प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको विद्यार्थी संगठनको भनाइ छ । उनीहरूले ‘साझा प्रवेश परीक्षा’को माग गरेका छन् ।

कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् ।

source:-onlinekhabar


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान