fbpx

‘युनिभर्सल सुपर स्टार २०२५’मा छानिए ४ विजेता‘

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौंँ । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् । राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन् । सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) र ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गरे ।

स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भब्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगीतामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाखरिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जिते ।
रोजिन शाक्यको कोरियोग्राफी, रमेश जंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगीता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उदेस्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमिला सिलवालले बताइन् ।

अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगीताको निर्णायकमा रहेका थिए । प्रतियोगीतामा ड्रेस डिजाइन समिक्छा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खत्री र मेकअप रोजिना सुवाल र टिमको रहेको थियो । सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागीता जनाउनेछन् ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन