fbpx

श्रम र सामाजिक सुरक्षा ऐनमा नीतिगत सुधारको आवश्यकताः अध्यक्ष योगेन्द्र कुँवर

author

समाचारपाटी

३ हप्ता अगाडि

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले श्रम र सामाजिक सुरक्षा ऐनलाई नीतिगत रुपमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा श्रम ऐन र सामाजिक सुरक्षा कार्यान्वयनमा चुनौति र नीतिगत सुधारको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो । उहाँले श्रम ऐन,२०७४ र सामाजिक सुरक्षा ऐन,२०७४ कार्यान्वयनमा धेरै खालका चुनौति रहेको भन्दै सरकारले नीतिगत रुपमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नीतिगत सुधारको लागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सरोकारवाला निकायहरुसँग त्रिपक्षीय छलफलको शुरुवात गरेको बताउनु भयो । उहाँले नेपाली श्रम बजार संयुक्त ट्रेड युनियनले अपेक्षा गरे अनुरुप अहिलेसम्म सुदृढ हुन नसकेको बताउनु भयो । उहाँले पछिल्लो समय रोजगारदाताहरुले अनावश्यक रुपमा श्रमिक कटौती गर्ने,जगेडामा राख्ने जस्ता समस्या आइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष कुँवरले आर्थिक मन्दीको कारणले मुलुकमा रोजगारीको ठूलो समस्या बढ्दै गएको बताउनु भयो । उहाँले रोजगारीको समस्या बढ्दै गएकाले श्रमिकहरुको कार्यस्थल असुरक्षित बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारी समेत जटिल बन्दै गएकाले आगामी दिनमा यस्ता विषयलाई चिर्नको लागि नीतिगत व्यवस्था भएकाले छलफल अगाडि बढाएको जानकारी दिनुभयो । श्रम ऐन र सामाजिक सुरक्षा ऐन समान रुपमा कार्यान्वयन हुनुपर्ने अध्यक्ष कुँवरको भनाई छ । उहाँले रोजगारदाताहरु सामाजिक सुरक्षा ऐन कार्यान्वयनको विषयमा गम्भिर नभएको पाइएको उल्लेख गर्नुभयो । उहाँले रोजगारीमा विदेशी श्रमिक ल्याउने विषय विकराल भन्दै गएको भन्दै उद्योगहरुमा करारका कामदार राख्ने प्रक्रिया शुरु भएको तर कानूनी रुपमा नमिल्ने दाबी गर्नुभयो ।


नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले श्रम ऐनमा प्रवन्ध निर्देशक स्तरमा  युनियन गठन गर्न पाउने व्यवस्थाले निजी क्षेत्रलाई समस्या भएको बताउनु भयो । उहाँले उद्योगहरुको महानिर्देशकहरुको युनियन बन्यो भने निजी क्षेत्रका उद्योगहरु सञ्चालन गर्नसक्ने अवस्था नपाउने उल्लेख गर्नुभयो । उहाँले श्रम ऐनमा भएका यस किसिमका व्यवस्थाहरु परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । 


उहाँले सरकार र निजी क्षेत्रलाई समस्या नपर्ने गरी श्रम ऐनमा आवश्यक नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय ४० प्रतिशत सटरहरु बन्द भएको अवस्थाले पनि रोजगारीमा कमी देखिएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार १, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन