संयुक्त राज्य अमेरिकाले शुक्रवार यमनमा हुथीबिरुद्ध आफ्नो हमला जारी राखेको छ । नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रवार अमेरिकी सेनाले हुथीहरू बिरुद्ध आक्रमण जारी राखेको बताउनु भयो । उहाँले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यहरू विरुद्ध तीन सफल आत्म–रक्षा हमलाहरू गरेको बताउनु भयो । उहाँले
हमलाहरू लाल सागर, बाब–एल–मन्डेब, साथै एडेनको खाडी हुँदै पारगमन गर्ने जहाजहरू – नागरिक र सैन्य दुवै जहाजहरूमा आफ्ना आक्रमणहरू जारी राख्न हुथीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले भएको बताएको छ ।
सिन्ह्वा