वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत छुट दिएको छ ।

नयाँ वर्षकै अवसरमा युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयमा थाइराइडसम्बन्धी रगत जाँच (टिएसएच) सित्तैमा गर्न थालिएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताउनुभयाे । युआरएलका पोखरा महानगरमा रहेका शाखाहरु हस्पिटलचोक, विरौटा, शिशुवा, मोहोरिया, बाटुलेचौर, मियाँपाटन र लेकसाइडमा छुट सुविधा उपलब्ध छ । सँगसँगै, नवलपुरको कावासोती, स्याङ्जाका वालिङ र स्याङ्जा, बागलुङ, तनहुँका दमौली, दुलेगौंडा र बेलचौतारा र लमजुङको बेंसीसहर शाखाबाट पनि सेवाग्राहीले छुट पाउनेछन् । युआरएलको रिपोर्टलाई राजधानी र भारतका प्रतिष्ठित अस्पतालहरुले पनि मान्यता दिने गरेका छन् ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ आफैं जाँच गर्न आउनेको संख्या, रिफर आउने नमुनाहरु, प्रयोग भएका प्रविधि, मेसिन र
जनशक्तिका आधारमा युआरएल नमुना र अग्रणी ल्याब बनेको उल्लेख गर्छन् । ‘हालै हामीले थाइराइड, भिटामिन, निसन्तानसम्बन्धी परीक्षणका लागि नयाँ मेसिन थपेका छौँ । सेवाग्राही र परीक्षणका नमुनाको संख्या बढेकाले कार्यालय विस्तारसँगै कर्मचारी पनि थप गरेका छौँ,’ उहाँले भन्नुभयाे, ‘हामीले गरेको सामाजिक काम, परीक्षणको मात्रा, रिफर आउने नमुना, सेवाग्राहीको विश्वासले युआरएल अग्रणी र लोकप्रिय ल्याब बनेको छ ।’

२०७० सालमा स्थापना भएको युआरएलले गण्डकी प्रदेशका ८ जिल्लामा सेवा विस्वतार गरेको छ । अहिलेसम्म युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय ९४ वटा निशुल्क रक्त परीक्षण शिविरसँगै सचेतना कार्यक्रम आयोजना भएका छन् । ती शिविरबाट करिब साढे दुई लाखले सेवा लिएका छन् ।

युआरएलमा पाँच सयभन्दा बढी स्वास्थ्य संस्थाबाट परीक्षणका लागि नमुना आउने गरेको र अहिलेसम्म १ हजार २ सयभन्दा बढी चिकित्सकले जाँचका लागि युआरएलमा रिफर गरेको अध्यक्ष पन्थले बताउनुभयाे । विश्वकै प्रतिष्ठित एपोलो हस्पिटलले युआरएललाई गण्डकी प्रदेशका लागि आधिकारिक रिफरल सेन्टरको मान्यता दिएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’