संयुक्त राष्ट्रसंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीसँगको राफाह सीमानाको भ्रमण गर्नुभएको छ । इजिप्टको भ्रमणका क्रममा रहनुभएका उहाँले घेरामा परेको प्यालेस्टिनी एन्क्लेभमा तत्काल युद्धविरामको लागि आफ्नो आह्वान गर्नुभयो । उहाँले अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई कुनैपनि कुराले सही भएको पुष्टि गर्न नसक्ने बताउनु भयो । प्यालेस्टिनी जनताको सामूहिक दण्डलाई कुनैपनि कुराले औचित्य पुष्टि गर्न नसकिने बताउनु भयो । अहिलेको समय तत्काल मानवीय युद्धविरामको भएको बताउनु भयो ।
गाजामा इजरायलको चलिरहेको ठूलो हमलामा हालसम्म ३२ हजार बढीको ज्यान गएको छ । ७४ हजार भन्दा बढी घाइते भएका छन् ।
सिन्ह्वा