fbpx

कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो

author

समाचारपाटी

२ महिना अगाडि

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २९) का पक्षहरूको सम्मेलनको २९ औँ सत्रमा आईतवार जलवायु सम्झौताको प्याकेजमा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत जलवायु वित्त पोषण र विश्वव्यापी कार्बन बजार संयन्त्रसँग सम्बन्धित मुद्दाहरूको लागि नयाँ सामूहिक क्वान्टिफाइड लक्ष्यमा निर्णयहरू समावेश छन् । सम्झौताहरूले २०२५ पछिको जलवायु वित्त लक्ष्यहरू तय गरेका छन् । जसमा विकसित देशहरूबाट कम्तिमा ३०० बिलियन अमेरिकी डलरको वार्षिक कोष र विकासोन्मुख देशहरूको जलवायु कार्यहरूलाई समर्थन गर्न २०३५ सम्ममा प्रतिवर्ष कम्तिमा १.३ ट्रिलियन डलरको फराकिलो जलवायु वित्तिय लक्ष्य समावेश छ । यस व्यवस्थाले विकासोन्मुख देशहरूलाई जलवायु कार्य सञ्चालन गर्न र अर्को वर्ष राष्ट्रिय स्तरमा निर्धारण गरिएको योगदानको नयाँ चरण पेश गर्नको लागि आधार तयार पार्ने अपेक्षा गरिएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तर्राष्ट्रिय कार्बन बजार संयन्त्रमा सहमतिमा पुग्न, लगभग २०० पक्षहरूले बहुपक्षीय वार्तामा वर्षौंको गतिरोध तोडेका छन् । यसले धारा ६ अन्तर्गत बजार संयन्त्रको लागि कार्यान्वयन नियमहरू पूरा भएको र पेरिस सम्झौता भित्रको अन्तिम पेन्डिङ मुद्दालाई समाधान गरेको छ । साथै सम्मेलनले कार्बन व्यापार संयन्त्र, ग्लोबल स्टकटेक नतिजाको कार्यान्वयन, न्युनिकरण कार्य कार्यक्रम र विश्वव्यापी अनुकूलन लक्ष्य लगायत विभिन्न मुद्दाहरूमा निर्णयहरू पनि गरेको छ । 
सिन्ह्वा


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन