संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजा र सुडानमा रमजानको महिनामा युद्धविराम गर्न आह्वान गर्नुभएको छ । गाजा र सुडानमा रमजानको महिनामा युद्धबिराम गरी शान्ति स्थापना गर्न आह्वान गर्नुभएको हो । उहाँले रमजान पवित्र महिना भएको बताउँदै यो अवधिमा विश्वभरका मुस्लिमहरुले शान्ति, मेलमिलाप र एकता अपनाउनुपर्ने बताउनु भयो । गुटेरेसले रमजानमा सुडानमा शत्रुता अन्त्य गर्न पनि आह्वान गर्नुभयो ।
सिन्ह्वा