fbpx

युनाइटेड क्लब पोखराको १३ औं वार्षिकोत्सवको अवसर पारी साताब्यापी कार्यक्रम सुरु

author

समाचारपाटी

१ year अगाडि

पोखरा । सामाजिक सेवामा अग्रणी स्थानमा रहेको युनाइटेड क्लब पोखराले आफ्नो स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारी साताब्यापी कार्यक्रम सुरु गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको युनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीबाट बचत रकमले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारी बिहीबारदेखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । क्लबले आयोजना गरेको साताब्यापी कार्यक्रम अन्तर्गत बिहीबार महिला कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत कास्कीका न्यायधीश माननीय अवनि मैनालीले महिलाहरुले कानुन आफ्नो पक्षमा छ भन्दैमा पुरुषहरुलाई पिडा दिने गरी कानुनको दुरुपयोग गर्न नहुने बताउनुभयाे । पछिल्लो समय महिलाहरुले कानुनलाई आधार मानेर विभिन्न मुद्धा मामिलाहरुअगाडी बढाउदा पुरुषहरु पिडित बनेको उहाँको भनाइ रहेको थियो ।

घरभित्रको हरेक काममा पुरुषहरुले सहकार्य गरेको खण्डमा महिलाहरुलाई हरेक काममा सहज हुने र महिलाहरुअगाडी बढ्न सक्ने बताइन । आधा भन्दा वढी महिलाको संख्या रहेकाले महिलालाई अगाडी बढाउनकै लागि महिलाको हकको ब्यवस्था गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै जिल्ला अदालत कास्कीका नायव सुब्बा महेन्द्र प्रसाद तिमिल्सिनाले महिला दिदीबहिनीहरुले कानुनी कुराहरु नजान्दाखेरी विभिन्न समस्यामा परिरहेको वताउदै यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरुलाई केही मात्रामा भएतापनि कानुनी जानकारी दिन पाउदा खुसी लागेको बताउनुभयाे ।

कार्यक्रममा सहभागी कालिका मन्दिर परिसर महिला समुहका अध्यक्ष माया केसीले बजारमा भन्दापनि गाउका दुर दराजमा रहेका महिलाहरु अझैपनि कानुनको बारेमा जानकारी नहुदा दुख पाइरहेको बताउँदै यस्ता कार्यक्रमहरुलाई गाउ तर्फ केन्द्रीत गर्न सके राम्रो हुने बताउनुभयाे । आफुहरुलाई थोरै समय भएपनि महिला कानुनको बारेमा जानकारी लिने अवसर प्रदान गरेकोमा आयोजक युनाइटेड क्लबलाई धन्यवाद समेत ब्यक्त गर्नुभयाे ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिब दिनेश सुनारले गर्नुभएकाे थियाे । क्लबका कार्यसमिति सदस्य दिवानी सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा १ सय ६० जना महिला दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा