म्याग्दीको ताकममा युनाईटेड क्लबको बृहत स्वास्थ्य शिविर

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । युनाईटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधी सम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परिक्षण गरिएको थियो ।

शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

शिविरमा चिकित्सकहरु एशोसिएट प्रोफेसर डा. सरोज पोखरेल, एशोसिएट प्रोफेसर डा. रोशन पंगेनी, डा. आनन्द भट्टराई, डा. नारायण ओझा, कल्याण बराल, रेखा गाहा, उज्वल शाह, प्रदीप सिग्देल, रेशम राना, उज्वल भण्डारी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाट, अच्युत आचार्य, शोभाकर पाण्डे, प्राविधिक सहयोगीहरु नरहरि पनेरु, सन्दिप केसी, नर्सहरु सुस्मिता विश्वकर्मा, सलिना गुरुङ, नम्रता भट्टराई, अस्मिता विश्वकर्मा, शारदा गुरुङ, फार्मेसी तर्फ अमृत बस्नेत, सुजन राजभाट, निश्चल रानाभाट, दिल बहादुर क्षत्री, ल्याब टेक्निसियन समिता बिक संगै ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले पोखरामा रहेको युनाईटेड क्लबले आफ्नो गाउँपालिकामा आएर स्वास्थ्य शिविरको आयोजना गरि आफ्नो गाउँपालिका बासीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा आभार प्रकट गर्नुभयाे । धवलागिरी गाउँपालिकाको ग्रामीण भेगमा बसोवास गर्ने सेवाग्राहीलाई स्वास्थ्य शिविरले ठूलो लाभ प्राप्त भएको बताउदै अध्यक्ष पुनले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा समेत ब्यक्त गर्नुभयाे ।

युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबे स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको र धवलागिरी गाउँपालिकाको ताकम जस्ता विभिन्न ग्रामीण भेगमा वर्षेनी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको बताउनुभयाे । स्वास्थ्य शिविरमात्र नभइ क्लबले आर्थिक अभावमा उपचार गराइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुगेरै आर्थिक सहयोग संगै विशेषगरी ग्रामीण बस्तीमा बसोबास गर्ने समुदायलाई लक्षित गरी युनाईटेड क्लबले स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उहाँको भनाइ रहेको थियो ।

धवलागिरी गाउँपालिकाका कार्यकारी अधिकृत मोति प्रसाद अर्यालले युनाईटेड क्लबले आफ्नो उद्देश्य अनुरुप स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर धवलागिरी गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयाे ।

धवलागिरी गाउँपालिका वडा नं ७ का अध्यक्ष अशोक खत्रीले युनाईटेड क्लबले ताकममा आयोजना गरेको स्वास्थ्य शिविरले आफ्नो वडा भित्रका मात्र नभइ धवलागिरी गाउँपालिका भित्रका विभिन्न गाउका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउदै क्लब प्रति अभार प्रकट गर्नुभयाे ।

सो अवसरमा वोल्दै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष तथा ल्याप्रोस्कोपी सर्जन डा. आनन्द भट्टराईले युनाईटेड क्लब संगको सहकार्यमा विगतमा जस्तै यो पटक पनि धवलागिरी गाउँपालिकामा बृहत स्वास्थ्य शिविरको आयेजना गरिको बताउनुभयाे । ग्रामीण भेगमा अझैपनि स्वास्थ्य सेवाको पहुँच पुग्न नसकिरहदा स्वास्थ्य शिविर मार्फत रोगको पहिचान गराउन सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो ।

त्यस्तै मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका एशोसिएट प्रोफेसर डा. सरोज पोखरेलले ग्रामीण भेगमा हुने स्वास्थ्य शिविरले स्वास्थ्यको पहँचमा नपुगेकाहरुलाई थोरै भएपनि समेटिने भएकाले स्वास्थ्य शिविरले उल्लेख्य भुमिका खेल्ने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले स्थापना कालदेखिनै विभिन्न ग्रामीण भेगहरुमा स्वास्थ्य शिविरको आयोजना गरी सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको र यो पटक म्याग्दीको ताकममा शिविरको आयोजना गरेको बताउनुभयाे । यस पटकको शिविरमा पनि विगतमा जस्तै उल्लेख्य सेवाग्राहीको सहभागीता रहेको र आफुहरुको कार्यक्रम सफल भएको बताउनुभयाे ।

कार्यक्रममा युनाईटेड क्लबका कार्यसमिति सदस्य शिव थापा, बिजय कार्की (पदम), शान्ति सुवेदी, रिम बहादुर क्षत्री, सुरेश थापा, पूर्व कार्यसमिति सदस्य तथा परिकल्पनाकार कृष्ण थापा मगर, संस्थापक सदस्य रेशम बहादुर थापा, आजिवन सदस्य चन्द्र बहादुर थापा, कार्यालय सचिव कुशुम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य राखेको कार्यक्रममा कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य बिष्णु कुमार गुरुङले धन्यवाद मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गर्नुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२९.०८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’