अनौठो सौन्दर्य विधि : गालामा थप्पड लगाएर सुन्दरता बढाइन्छ

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं I सुन्दर देखिने चाहना सबै मानिसको हुन्छ, चाहे महिला होस् वा पुरुष। यही चाहनालाई पूरा गर्न मानिसहरूले अनेकौं उपाय अपनाउने गर्छन्। तर, दक्षिण कोरियामा एउटा यस्तो अनौठो सौन्दर्य विधि छ, जसले विश्वको ध्यान आकर्षित गरेको छ। यो विधिलाई स्लेप थेरापी भनिन्छ, जसमा गालामा थप्पड लगाएर छालाको सौन्दर्य बढाइन्छ।

स्लेप थेरापी दक्षिण कोरियामा सयौं वर्षदेखि प्रचलित छ। विशेष गरी महिलाहरूले यो विधि प्रयोग गरेर आफ्नो छालाको चमक कायम राख्ने गर्छन्। कोरियन महिलाहरूले यस थेरापीलाई बाल्यकालदेखि नै आफ्नो सौन्दर्यको एक हिस्सा बनाएका छन्।

थेरापीमा गालामा हल्का थप्पड लगाइन्छ। यसलाई अरूलाई चोट पुर्‍याउने थप्पड जस्तो नसोच्नुहोस्। महिलाहरूले आफ्नो हातले हल्का तरिकाले दुवै गालामा पिट्ने गर्छन्। यो प्रक्रियाले अनुहारको छालामा रक्तसञ्चार बढाउँछ, जसले गर्दा छाला ताजा, चम्किलो र स्वस्थ देखिन्छ।

दक्षिण कोरियामा यस थेरापीप्रति गहिरो विश्वास छ। थप्पडले रक्तसञ्चार तीव्र बनाएर छालामा ताजा रगतको प्रवाह सुनिश्चित गर्छ, जसले छाला सफा गर्न र चमक बढाउन मद्दत गर्छ। एक अध्ययनले देखाएको छ कि यो थेरापी नियमित गर्ने महिलाहरूको छालामा बुढ्यौलीको प्रभाव कम देखिन्छ।

दक्षिण कोरियामा मात्र सीमित यो थेरापी अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ। सौन्दर्यका लागि नयाँ तर प्रभावकारी विधिको खोजीमा रहेका मानिसहरूले यो थेरापीलाई आफ्नो दिनचर्यामा समावेश गर्न थालेका छन्।

सुन्दरता बढाउन कोरियन महिलाहरूको यो प्राचीन विधि तपाईंलाई कस्तो लाग्यो? यसबारे तपाईंको धारणा साझा गर्न सक्नुहुन्छ।


काठमाडौं

बिहिबार, जेष्ठ ३०, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन