पोखरामा पाँचौ युनिप्स खेल महोत्सव मंसिर ११ गतेबाट सुरु हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स नेपाल)को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिनुभएकाे छ ।

प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो, आधारभुत तह (कक्षा १–५) छात्र र छात्रा कवड्डी, एथलेटिक्स छात्ररछात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जनाउनुभएकाे छ ।

औनपचारिक रुपमा मंसिर ११ गतेबाट प्रतियोगिता सञ्चालन हुने भए पनि उद्घाटन भने मंसिर १४ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताउनुभयाे । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिनुभयाे । कोभिडका कारण विगत तिन वर्ष देखि युनिप्स खेल महोत्सव स्थगित रहेको थियो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन