fbpx

महिला फुटबल टोलीलाई एक वर्षका लागि युनिलिभर नेपालको प्रायोजन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एक वर्षका लागि युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरले मंगलवार एक कार्यक्रमकाबीच नेपाली महिला फुटबल टोलीका लागि एक वर्षको प्रायोजन सम्बन्धि सम्झौता गरेका हुन् । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अमलान मुखर्जीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ महिला फुटबल टोलीलाई प्रदान गर्नेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले समित श्रोत र साधनका बीच पनि नेपाली खेलाडीले देशका लागि धेरै सफलता दिलाएको उल्लेख गर्दै उनीहरूको प्रंसशा गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकास र बिस्तारका लागि सरकार लागिपरेको बताउनु भयो । 

कार्यक्रममा नेपाली महिला फुटबल टोलीकी गोलकिपर तथा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले यस किसिमको प्रायोजनले नेपाली महिला फुटबललाई हौसला बढाउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले पुरुषलाई जस्तै महिला फुटबल टोलीलाई पनि हौसला बढाउने प्रयत्न एन्फा र युनिलिभरले गरेकोमा धन्यवाद दिनुभयो । 

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्वाङले महिला फुटबल विकासमा सहयोग पु¥याउने उद्देश्यअनुरूप युनिलिभरको सहयोग रहेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि खेलक्ुद क्षेत्रको विकास गर्नका लागि एन्फाले रचनात्मक कार्यत्रमm गर्दै जाने बताउनु भयो । 

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका डाइरेक्टर अमलान मुखर्जीले सन् २०२७ को महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो प्रायोजनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसै हप्ता मात्र बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिजमा जितेको नेपाली महिला फुटबल टोली आगामी सेप्टेम्बर २३ देखि चीनमा शुरु हुने १९औं एसियाडको तयारी गर्दैछ ।


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन