fbpx

‘खानाबारे मात्र होइन, त्यसको इतिहास पनि
जान्नुपर्छ’

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपालमा अस्वस्थकर जंक फुडको प्रयोग बढ्दो छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको ‘टिमुरदेखि ऐलासम्म’ सेसनमा सोमबार यही विषयमा बहस भएको छ ।

फेवाताल किनारमा उक्त सेसनमा सेफ सन्तोष शाह र लेखक प्रशान्त खनालसँग सहजकर्ता रचना थापा हुनुहुन्थ्याे । सेफ शाह जंक फुडको प्रयोग घटाउन अभिभावक नै सचेत हुनुपर्ने देख्नुहुन्छ । सेफ शाहले ढिँडो, गुन्द्रुकजस्ता खानेकुराको प्रयोग
बढाएर पत्रु खाना प्रयोग घटाउन सकिने बताउनुभयाे । ‘जंक फुड हावा जसरी चलेको छ । जंक फुडको हावाको कुरामा स्वस्थ खानाको कुरा गर्ने हो भने त्यसको हावा कहाँ उडेर जान्छ–जान्छ,’ उहाँले भन्नुभयाे, ‘सबैभन्दा पहिला स्वस्थ खानेकुरा खुवाउनु भनेर अभिभावकलाई भन्नुपर्छ । चाउचाउभन्दा ढिँडो, गुन्द्रुक मिठो हुन्छ भनेर शिक्षा दिनुपर्छ । यो विस्तारै परिवर्तन भएको छ ।’

आफ्नो संस्कृति बिर्सने, अर्काको अँगाल्ने संस्कृति छिटोछिटो आइरहेको भन्दै शाह निराश देखिनुभयाे । लेखक खनालले खानालाई अघि बढाउने हो भने त्यसको ऐतिहासिक महत्व बुझाउन आवश्यक रहेको बताउनुभयाे । सेफ खानाको ‘एमबेस्डर’मात्रै भएको र नेपाली खाना प्रवद्र्धन हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सुनाउनुपर्ने उहाँले बताउनुभयाे । खानाको प्रवद्र्धनमा भूमिका खेल्न खनालले मिडियालाई आग्रह गर्नुभयाे ।

नेपाली खाना कसरी चिनाउने ?
लेखक खनाल पहिला नेपालीले नेपालकै खाना चिन्न आवश्यक रहेको बताउँनुहुन्छ । खाना चिनाउँदा त्यसको इतिहास र धार्मिक सम्बन्ध जान्न जरुरी हुने उहाँका भनाइ थियो । ‘सबैभन्दा पहिला हामी नेपालीलाई हाम्रै खाना थाहा छैन । तराईलाई पहाडको समुदायले खाने, पहाडलाई तराईको समुदायले खाने खानेकुरा थाहा छैन । जबसम्म नेपाली खाना थाहा पाउँदैनौँ,’ खनालले थप्नुभयाे,‘तबसम्म नेपाली खाना अघि बढ्दैन । खानेकुरा जान्ने भनेको बनाउने तरिका र सामग्री जान्ने होइन, त्यो पछाडिको कथा के छ जान्नुपर्छ ।’

खनालले खानाले समुदायलाई नै स्थापित गर्न सक्ने खनालले बताउनुभयाे । आफ्नो समुदायको खाना चिनाउन नसके संस्कृतिले नै परिचय गुमाउने उहाँको भनाइ थियो । ‘खानाले आफ्नो परिचय परिभाषित गर्छ । यदि तपाईंले आफ्नो खानाको
संस्कृति गुमाउनुहुन्छ भने त्योसँगै तपाईंले आफ्नो परिचय पनि गुमाउनुहुन्छ । हाम्रो संस्कृति किन चासोपूर्ण छ भने फरकपनले गर्दा हो । फरकपनलाई हामीले उत्सव मान्नुपर्छ,’ उहाँले भन्नुभयाे ।

सेफ शाह नेपाली खानाबारे पछिल्लो समय बहस सुरु भएकाले १० वर्षमा विश्वभर फैलनेमा आशावादी हुनुहुन्छ । उहाँले प्रवद्र्धन हुने भएकाले हतार गर्न नहुने बताउनुभयाे । ‘छटोछिटो हुने काम राम्रो हुँदैन । खानाको प्रवद्र्धन गर्ने, खानाको कुरा
गर्ने भएन । विस्तारै यसले एकदमै राम्रो उचाइ लिन्छ,’ उहाँले थप्नुभयाे, ‘मलाई विश्वास छ ५ देखि १० वर्षमा विश्वको जुन शहरमा खोजे पनि नेपाली रेष्टुरेन्ट पाउँछ–पाउँछ । त्यति मलाई आशा छ ।’

उहाँले नेपालीले आफ्नै खानालाई विश्वास नगरेको टिप्पणी गर्नुभयाे । यही कारण नेपाली खानाको प्रचार नेपाल बाहिर हुन नसकेको उहाँको दाबी थियो । ‘ आफ्नै खेतको बाली एकदमै तितो, हामीलाई नेपाली खानालाई विश्वास गरेका छैनौँ । यो नै नेपाली खानाको प्रचार हुन नसक्नुको कारण हो,’ शाहले भन्नुभयाे,‘हाम्रो खाना अरुभन्दा ऐतिहासिक, स्वादिलो भयो भने हाम्रो खाना अर्को तहमा जान्छ । त्यसैले नेपालीले नै पहिला हाम्रो खाना राम्रो छ भनेर विश्वास गर्छ ।’

सरकारले नेपाली खाना बनाउने सामग्रीको सहज उपलब्धताको वातावरण सिर्जना गर्नुपर्ने शाहले बताउनुभयाे । ‘सरकारले खाना, भान्सेमा प्राथमिकता दियो भने सरकार कसले बनाउला ? सरकारले प्रवद्र्धन गर्न सक्छ । प्रयोग हुने सामानलाई व्यवस्था
मिलाउन सक्छ,’ सेफ शाहले भन्नुभयाे, ‘सरकारले व्यवस्था मिलाइदियो भने विदेश पठाउने, काठमाडौँ, पोखरा पठाउने व्यवस्था होस् । जनकपुर, कर्णालीमा पाइने सामग्री सजिलै पाउने व्यवस्था होस् । त्यस्तो भए नेपाली खानाको प्रचार राम्रो हुन सक्छ ।’ सेफ शाहले युट्युब, टेलिभिजनबाट खानेकुराको रेसिपी सिकाउने योजना रहेको सुनाउनुभयाे ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन