नेपालमा न्यूनपोषण र अधिक पोषणको अवस्थामा सुधार कहिले

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नेपालमा महिला तथा बालबालिकाकोलागि पोषणको अवस्था अपुग भएको देखिएको छ । नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक पोषणको अवस्थामा धेरै सुधार गर्नुपर्ने देखिएको हो ।

यसै अवस्थालाई मध्यनजर गर्दै आज काठमाण्डौमा आयोजित नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाले महिला, बालबालिका तथा किशोरकिशोरीको लागि पोषणको व्यवस्था गर्न बजेट बढाउन सुझाव दिएका छन् ।

जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको “नेपालमा बाल पोषणको अवस्था २०७९” सार्वजनिक गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कुपोषण कम गर्नका लागि सचेतनाको खाचोँ रहेको र हाम्रो परम्परागत छोरी र बुहारीप्रति हेर्ने दृष्टिकोण र खानामा गरिने विभेदको अन्त्य गर्नुे सोचको विकास गर्नुपर्ने बताउनुभयो । कुपोषणमुक्त समाज, बालबालिका राष्ट्यि गौरबको आधार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा सुनौलो हजार दिनमा नै समग्र मानिसको विकासको आधार रहने भएकाले हामीले यस बारे गम्भिर भएर सोच्नु पर्ने कुरालाई जोड दिनुभएको छ । उक्त पुस्तकमा सुझाव दिइए अनुसार पोषणको अवस्था बढाउनको लागि स्थानीय तहले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव डा। किरण रुपाखेतीले “नेपालमा बालबालिका पोषणको अवस्था” प्रस्तुतिकरण गर्दै मधेस प्रदेशमा ५ वर्षमुनिका बालिबालिकामा पोषणको अवस्था निकै कम देखिएको बताउनुभयो । नेपालमा जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा पुड्कोपन, १० प्रतिशतमा ख्याउटेपन, २७ प्रतिशतमा कम तौल र ५१ प्रतिशतमा रक्तअल्पत्ता भएका पाइएको हो । बागमती प्रदेशमा भने अरु प्रदेशको तुलनामा पोषणको अवस्थामा अलि राम्रो देखिएको छ ।

सन् २००१ मा गरिएको अध्ययनले पोषणको कमिका कारण पाँच वर्ष मुनिको बाल मृत्यु दर प्रति १००० मा ९१ रहेकोमा सन् २०२२ मा घटेर ३३ पुगेको छ । यस्तै जन्मेको १ वर्षभित्र शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ६४ रहेकोमा सन् २०२२ मा २८ रहेको छ । त्यस्तै जन्मेको २८ दिन भित्रको शिशुको मृत्यु ९प्रति १००० जीवित जन्ममा० सन् २००१ मा ३९ रहेकोमा सन् २०२२ मा २१ रहेको छ ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर उच्च रहेको छ भने ख्याउटेपन र कम तौलको दर मध्यम रहेको छ । समग्रमा नेपालमा बालबालिकामा कुपोषण न्यूनीकरण हुँदै गईरहेको छ । तर पनि जनस्वास्थ्यको परिप्रेक्ष्यबाट पुड्कोपन, ख्याउटेपन र कम तौलको जोखिम विद्यमान समस्या भने रहिरहेको पाइरहेको छ ।

मन्तव्यको क्रममा राष्ट्रिय मानव अधिकार आयोगका माननीय लिली थापाले सामाजिक सुरक्षा भत्ता कति र कहिलेसम्म भन्ने विषयमा समीक्षा गर्नुपर्ने दिन आएको विभिन्न अनुसन्धानात्मक सुझाव आएको बताउनुभयो । पोषण सबैसँग सम्बन्धित रहेको र यो सबैको सरोकारित विषय रहेको आफ्नो मन्तव्य राख्ने क्रममा बताउनुभएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव श्री यमलाल भूसालले भएका कानूनहरुको कार्यान्वयनका अवस्थाको मूल्याङ्कन गरिराखिएको र बालबालिकाका विषय अन्तरमन्त्रालय सरोकारको विषय रहेको भन्ने विषयमा आफ्नो भनाई राख्दै सबै कार्य योजना बनाएर जिम्मेवारी सहित काम बाँडफाँड गरिएको बताउनुभयो । बालबालिकाको पोषणको हकलाई संविधान र बालबालिका सम्बन्धि ऐनमा प्रष्ट उल्लेख गरिएकोले अब सबै मिलेर कार्यन्यवनमा जाने कुरा बताउनु भएको थियो ।

क्यानलानको सहयोगमा आयोजीत कार्यक्रममा जागृति युवा तथा बाल सरोकार नेपालका अध्यक्ष तथा सभाध्यक्ष श्री तिलोत्तम पौडेलले आफ्नो मन्तव्यमा कुपोषणको समस्या समाधान गर्न नागरिक समाजको महत्वपूर्ण भूमिकामा जोड दिए । उनले भने, “हामीले कुपोषणको सामना गर्न नागरिक समाज सहित धेरै सरोकारवालाहरू सम्मिलित सहयोगी प्रयासको आवश्यकता भएको स्वीकार गर्नै पर्छ । नागरिक समाज संगठनहरूले प्रभावकारी पोषण कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्न सरकार र अन्य सरोकारवालाहरूसँग सक्रिय रूपमा संलग्न हुनु महत्त्वपूर्ण छ । हामीले पनि समुदाय र परिवारहरूले ज्ञान र स्रोतहरू भएका बालबालिकाहरूलाई पर्याप्त पोषण प्राप्त गर्न सुनिश्चित गर्नका लागि उनीहरुलाई सशक्त बनाउनु पर्छ । संयुक्त प्रयासहरूद्वारा मात्र हामीले नेपालमा कुपोषणको चुनौतीलाई सम्बोधन गर्न र हाम्रा बालबालिकाको उज्ज्वल भविष्य सुरक्षित गर्ने आशा गर्न सक्छौँ भन्ने विषयलाई प्राथमिकता साथ उठाउनुभएको थियो ।

त्यस्तै, संघिय मामिला तथा सामान्य मन्त्रालयका उपसचिव श्री रेशम कडेल, स्वास्थ्य मन्त्रालयको पोषण शाखा प्रमुख श्री लिाला विक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भईरहेको कुरा जानकारी दिनुभएको थियो ।

अहिले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा रहेको र बालमैत्री स्थानीय शासनमा पनि अन्तरसम्बन्धित रहेको र सँगै काम गरिरहेको बताउँदै पोषणलाई सबैको सरोकारको विषय बन्नको लागि क्षमता विकासका निम्ति संघीय मामिला मन्त्रालयले निरन्तर काम गरिराखेको जानकारी गराउनुभयो ।

समग्र नागरिक समाज संगठनका तर्फबाट मन्तव्य राख्दै गैर सरकारी संस्था महासंघका महासचिव श्री अर्जुन भट्टराईले हामीसँग भएको उत्पादनलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।

हाम्रो खानेकुराको संस्कारहरु हाम्रो संस्कृतिसँग जोडिएको अवस्था रहेकोले हाम्रो संस्कारलाई परिवर्तन गर्नुपर्नुे अवस्था रहेको र सबै क्षेत्रबाट पोषण प्रवद्र्धनको निम्ति काम गर्नपर्ने जरुरी रहेको बताउनुभयो ।

पत्रुु खानालाई लाई निरुत्साहन गर्नुपर्ने बरु हाम्रो पुरानोे खानपानको आनिबानिलाई फेरी सुरु गर्नुपर्ने बताउनुभएको थियो ।

अभिभावकको चेतना बढाउने, स्थानीय सरकारलाई कसरी जिम्मेवार बनाउने विषयमा सोच्नु पर्ने, अनुगमनलाई बढाउनुपर्ने विषयमा उठान गर्दै एकिकृत सामाजिक सुरक्षा संरचनालाई पारित गर्नुपर्ने सबैको सवाललाई समेटेर सामाजिक सुरक्षा ऐन तर्जुमा गर्ने कुरामा जोड दिनुभएको थियो ।

खाद्य अधिकारका लागि राष्ट्रिय संजालका संयोजक विदुर सुवेदीले बाल पोषण बाल अधिकारको विषय मा नभई समग्र मानव अधिकार र खाद्य अधिकारको विषय रहेको बताउनुभयो ।

बाल अधिकारकर्मी तारक धितालले हामीले बाटो विराएका छैनौँ तर विलम्ब भने अवस्य भएको छ भन्ने कुरालाई जोड दिदै पोषणमा लागानि गर्न आग्रह गर्नुभएको थियो ।

सहभागीहरूले नेपालमा बाल पोषणका चुनौतीहरूबारे आफ्ना अनुभव र अन्तरदृष्टि साझा धारणा राख्दै रु। ५३२ को पोषणको रकम सबै जिल्लामा पु¥याउन र राषि बढाउन नेपाल सरकार संग आग्रह गरेका थिए । उनिहरुले विद्यालय खाजा कार्यक्रम कम्तिमा माध्यमिक तहसम्म पुर्याउन र प्रति विद्यार्थी खाजाको रकम रु १५ प्रयाप्त नरहेको गुनासो गरेका थिए ।

कार्यक्रको अवसरमा बालमैत्री, युवामैत्री, लैगिंकमैत्री अभियान जस्तै पोषणमैत्री अभियानलाई पनि अगाडि बनाउनुपर्ने कुरा सरोकारवालाहरुले जोड दिएका थिए ।

कार्यक्रममा ७५ ओटा नागरिक संघसंस्था १२ वटा विभिन्न राष्ट्रिय संजाल १७ विकासका साझेदार संस्था १५ सरकारी निकाय, संचारकर्मीहरु सहित १२० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण विपना शर्माले गर्नुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालले वकालत, अनुसन्धान र अभियान मार्फत बालबालिका, किशोरकिशोरी र युवाहरुको अधिकारको रक्षा गर्न स्थापना भई बालिका सशक्तिकरण, मानव अधिकारको संरक्षण, मानव बेचबिखन विरुद्ध, बाल श्रम अन्त्य, बालमैत्री स्थानीय शासन, युवामैत्री, र बाल स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरू र गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.१५°

-
Thunderstorm