fbpx

संविधानअनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा अध्ययन गर्न संसदीय उपसमिति गठन

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको बैठकले संविधानअनुसार बन्न बाँकि कानूनहरुको संसद्मा ल्याउन भनि दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न नेकपा (माओवादी केन्द्र) का सांसद डा. डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई अध्ययन प्रतिवेदन समितिमा पेश गर्न आजैको मितिदेखि एक महिनाको समय दिइएको समिति सभापति तुलसा कुमारी दाहालले बताउनु भयो । उहाँकाअनुसार उपसमितिले कुन मन्त्रालयले कति वटा विधेयक ल्याए र कति वटा विधेयक ल्याउन बाँकि छन् भन्न विषयमा अध्ययन गर्नेछ । उपसमितिले बुझाएको प्रतिवेदनको आधारमा सम्बन्धित मन्त्रालयलाई समितिले सुझाव तथा निर्देशन उहाँको भनाइ छ । केही ऐनहरु पञ्चायतकालका तथा संविधान बन्नुभन्दा पहिलेका समेत रहेको उल्लेख गर्दै उहाँले ति ऐनहरुलाई समसामयिक बनाउनका लागि मन्त्रालयहरुसँग आवश्यक छलफल र सहाकार्य गर्ने बताउनु भयो । 

सभापति दाहालले भन्नुभयो, ‘आजको बैठकमा अ संविधानअनुसार बन्न बाँकि कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० अघिल्लो वर्ष अध्ययन गरिएको थियो । नेपाल सरकारलाई असोजसम्म संविधानअनुसार बन्न बाँकि कानूनहरु संसद्मा ल्याउन समितिले निर्देशन गरेको थियो । त्यसको कार्यान्वयनको अवस्था के छ ? कुनकुन मन्त्रालयले कति वटा विधेयकहरु ल्याए ? अब कतिवटा विधेयकहरु ल्याउन बाँकि छन् भन्ने कुरालाई अध्ययन गर्नको लागि आजको बैठकले उपसमिति बनाएका छौं । उपसमितिको समयावधि एक महिना राखिएको छ । त्यो मिति आजैदेख शुरु भएको छ । समितिको संयोजकमा माननीय डा.वेदुराम भुसाल हुनुहुन्छ । अन्य सदस्यमा दलीय आधारमा एक एक जना गरी पाँच जनाको समिति बनेको छ । उक्त समितिले निर्धारित समयभित्र प्रतिवेदन समितिमा बुझाउने छ । त्यसपछि मन्त्रालयले बनाउन बाँकी ऐनहरुको बारेमा हामी सम्बन्धित मन्त्रीज्युहरुसँग छलफल गर्छौं । उहाँलाई समितिबाट निर्देशन पनि दिन्छौं । पुराना ऐनहरुपनि बाँकि छन् । केही पञ्चायत कालका र केही संविधान बन्नुभन्दा पहिलेका छन् तिनिहरुलाई समसामयिक बनाउनका निम्ति समन्वय र सहकार्य गर्नेछौं मन्त्रालयहरुसँग ।’


दलीय आधारमा समिति सदस्यहरु तोकिएको सभापति दाहालले बताउनु भयो । समितिको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)बाट गंगाकुमारी वेल्वासे, नेकपा (एमाले)बाट गोपाल भट्टराई, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवि पुडासैनी र जनता समाजवादी पार्टी नेपालबाट मृगेन्द्रकुमार सिंह यादव रहनुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक