fbpx

पोखरामा स्वरुप फेरिएका ६८१ वटा मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकार प्रहरी निरीक्षक सूर्य रानाका अनुसार हालसम्म ६८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकलबाट ७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिएको उहाँले जानकारी दिनुभयाे ।

स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।

फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ । ‘स्वरूप परिवर्तन गरिएका मोटस साइकलहरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीका लागि यातायात कार्यालय कास्कीमा पठाउने भनेका छौं’, प्रहरी निरीक्षक रानाले भन्नुभयाे, ‘पहिलो पटकमा परेकाहरूलाई मोडीफाइ गरिएका सामानहरू फेर्न लगाई पहिलेकोजस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने छ ।’

प्रहरीले चर्को आवाज निकाल्नेमात्रै नभएर उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

onlinekhabar


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन