राष्ट्रपतिमा एमाले नै जित्छ : विष्णु पौडैल

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । उपप्रधान, अर्थ मन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाएको उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ ।

बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले राष्ट्रपति चुनावमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गर्नुभएको हो । उहाँले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले त्यही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताउनुभयो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी दलहरूका बीचमा भएको सहमति नै नेकपा एमालेका तर्फबाट अघि सारेको उम्मेदवारको जितको आधार हो । म के कुरामा विश्वस्त छु भने सरकार गठनको पृष्ठभूमिमा सरकारमा सहभागी, सरकारलाई समर्थन गर्ने दलहरूका बीचमा भएको सहमति कार्यान्वयन हुन्छ । नेकपा एमाले का तर्फबाट अघि सारिएको राष्ट्रपतिको उम्मेदवारले सानदार ढङ्गले जित हासिल गर्नुहुन्छ ।’

त्यस्तै एमाले सचिव गोकर्ण विष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने जिकिर गर्नुभयो । उहाँले सत्तारूढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन