सरकारले नेपालको चुच्चे नक्शा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छः एमाले

author

समाचारपाटी

२ years अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्शा (चुच्चे नक्शा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्शा जारी गर्दा नेपालको पुरानै नक्शा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताउनुभएको हो । सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताउनु भयो । चीनले नेपालको नक्शा पनि समेटदा पुरानै नक्शालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन । कसैलाई छोड्दैनौं पनि । यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौं । जहाँसम्म चीनले नेपालको नक्शा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्शा गायव गरेर राख्यो । यस सन्दर्भमा नेपाल सरकारले अविलम्व चाईनाको सरकारलाई यस विषयमा उसले कुटनीतिक नोट पठाओस् । यसमा अविलम्व प्रश्न गरोस् । अविलम्व सरकारले चाईनको सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस् । किनभने लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग हो । कुनै देशलाई हो वा होइन भन्ने अधिकार छैन । त्यसकारण यो भूगोलको बारेमा, यो नेपालको होइन जस्तो गरेर, नेपालमा नभएजस्तो गरेर चाईनामा हामीले नेपालको नक्शा देख्यौं । त्यो दुखद् कुरा हो । सरकारले अभिलम्ब यसमा कुटनीतिक पहलमार्फत, उपयुक्त छलफलमार्फत यसमा चाईनाको सरकारलाई सच्याउनका लागि पनि अपिल गर्नुपर्छ । सरकारलाई हामी त्यो माग गर्न चाहन्छौं ।’
सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्याउनु भयो । उहाँले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहोर्याउनु भयो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...