fbpx

‘सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्’:- एमाले महासचिव पोखरेल

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । 
सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला उहाँले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमवार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहोर्याउनु भयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनु भयो । 

महासचिव पोखरेलले भन्नुभयो, ‘जेल जाने काम भनेको सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका नेताहरुनै जेल जाँदैछन् नेकपा एमाले होइन । किनकी नेकपा एमाले सदैव भ्रष्टाचारको बिरुद्धमा छ । नेकपा एमाले सुशासनको पक्षमा छ । त्यस अर्थमा जतिजति घटनाका छानविन हुँदैछन । अन्त्यमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ । किनकी उनीहरु भ्रष्टाचारका हिमायती हुन । भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो भन्ने कुरालाई तपाई, हामी सबैले बुझ्न जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु । जतिबेला हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्रीका रुपमा रहनु भयो, देशव्यापी रुपमा विकास र समृद्धिका लहरहरु शुरु भए । यही पोखरामा हामीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व ग¥यौं ।’

महासचिव पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व पनि एमालेले नै गरेको बताउनु भयो । उहाँले पद प्राप्तको विषयलाई प्राथमिकतामा नराख्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । मुलुकको भाग्य र भविष्य निर्माणको विषय नै सिंगो पार्टीको साझा लक्ष्य भएकाले एमालेका सबै नेता, कार्यकर्ताहरुले एकता भएर सो लक्ष्य प्राप्तीमा केन्द्रित हुनुपर्ने बताउनु भयो । महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,  ‘अब एमालेलाई एक्लै जनताको बुहमत प्राप्त शक्तिको रुपमा स्थापित गर्नका लागि अव हामीले भुमिका खेल्नुपर्दछ । अब हामीले हाम्रो पार्टीलाई त्यो दिशातर्फ उभ्याउन सक्नु पर्दछ । र, म कमरेडहरुका बीचमा अनुरोध गर्न चाहन्छु–गण्डकी प्रदेशमा एक्लै बहुमत ल्याउने गरी लाग्नु पर्दछ । त्यसका लागि हामीलाई एकताको आवश्यक्ता पर्दछ । हो लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । यसको विशेषता नै हो । तर त्यो भन्दा पनि उन्नत संस्कार के हो भन्दाखेरी आपसी एकता र समझदारी हो । गण्डकी प्रदेशका कमरेडहरुले त्यो एकता र समझदारीको एउटा उच्चतम लोकतान्त्रिक नमूना प्रश्तुत गर्न सफल हुनुहुनेछ भन्ने विश्वास मैले राखेको छु । हाम्रा लागि पद प्राप्तीको विषय प्राथमिकताको विषय बन्नु हुँदैन । मुलुकको भाग्य र भविष्यको जिम्मेवारी पार्टीको काँधमा करिी प्राप्त गर्न सकिन्छ भन्ने कुरा नेता, कार्यकर्ताहरुको साझा जिम्मेवारीको विषय बन्नु पर्दछ । र, सबैको एउटै संकल्प मिशन २०८४ मा बहुमत प्राप्त पार्टीको रुपमा, बहुमतको सरकार बनाउने योजनाको रुपमा स्थापित गर्ने हिसावले हामीले राष्ट्रको नेतृत्व गर्नु पर्दछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनु भयो ।   


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक