fbpx

एमाले केन्द्रिय कमिटीमा नेताहरुः ‘पार्टीको संसदीय भुमिका कमजोर भयो’

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रिय किमिटी सदस्यहरुले पार्टीको संसदीय भुमिका कमजोर भएको आवाज उठाएका छन् । 

बुधवार च्यासलमा केन्द्रिय कमिटी सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । उहाँले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताउनु भयो । उहाँले आजको बैठकमा विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रश्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताउनु भयो । उहाँले बिहीवारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन हिजो विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रश्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको छ । विभाजित भएका नौ वटा टिमहरुमा प्रत्येक टिमबाट प्रश्तुत कार्ययोजनालाई भोलि केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्नेगरी टिम लिडर तोकिएको छ । कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, वागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधेकृष्ण कँणेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसंगठनको तर्फबाट पार्टी केन्द्रिय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । आज प्रश्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने । पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने । त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेका छन् । संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि यहाँ बहसमा मुद्दाहरु उठेका छन् । त्यसरी नै जनताको विकास निर्माण सम्बन्धी जाने एजेण्डाहरु छन् । त्यसलाई दरोगरी पक्रेर । जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्छ भनेर बहस भएको छ ।’

उहाँले प्रश्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन