fbpx

‘एमाले केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्छ’

author

समाचारपाटी

३ हप्ता अगाडि


नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारको नेतृत्व एमालले नै गरिरहेको हुँदा जारी केन्द्रिय कमिटि बैठकले सरकारलाई प्रभावकारी काम गर्न थप दिशा निर्देश गर्ने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले पार्टीलाई संगठिक बनाउँदै वैचारिक तथा राजनीतिक ढंगले सुव्यवस्थित बनाउन कार्यदिशा निश्चित गर्ने समेत बताउनु भयो । उहाँले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानूनहरु बनाउँदै सुशासन कायम गर्ने दिशासा अगाडि बढिरहेको पनि बताउनु भयो । उहाँले सरकारले विधेयक र कानूनहरु बनाउन तथा आर्थिक लगानीको कुरामा जोड दिन कार्यदलहरु बनाएको उल्लेख गर्दै कार्यदलहरुको सुझावका आधारमा अघि बढ्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पार्टीलाई अझ सुदृढ, संगठिक बनाउने र वैचारिक तथा राजनीतिक ढंगले सुव्यवस्थित बनाउने ढंगले नै अगामि कार्यदिशाहरु निश्चित हुन्छ यो बैठकमा । सरकारको नेतृत्व हामीले नै गरिरहेको हुनाले सरकारको काम कारबाही प्रभावकारी बनाउनुपर्छ भनेर प्रतिवेदनमै छ । त्यसमा प्रतिवेदन प्रश्तुतकर्ता अध्यक्ष कमरेडले पनि अझै प्रभावकारी भएन भनेर स्वयं भन्नु भएको छ । भनेपछि यो बैठकले सरकारलाई समेत थप दिशानिर्देशन गर्छ । र विशेष गरिकन सरकारले केही कार्यदलहरु बनाएको छ । विधेयकहरु अगाडि बढाउने, कानूनहरु बनाउने, आर्थिक लगानीको कुरामा पाि बढी जोड दिने खालका कार्यदलहरु बनाइएको छ । कार्यदलको रिपोर्टअनुसार सरकार अगाडि बढ्छ । अगामी बजेट तथा नीति कार्यक्रम बनाउँदा हामी प्रयाप्त ध्यान दिन्छौं । कमि कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्छौं ।’

केन्द्रिय कमिटी सदस्य भानुभक्त ढकालले पार्टी नेतृत्वको बारेमा कुनैपनि विवाद नरहेको बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयमा केही कुरा नसुनेको उल्लेख गर्दै आत्मसन्तुष्टिको लागि हल्ला फैलाइएको बताउनु भयो । उहाँले नेतृत्वको बारेमा पार्टीमा कुनै विवाद नरहेको र यस विषयले केन्द्रिय कमिटिमा प्रवेश समेत नपाएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपतिज्युले म राजनीतिमा आउँछु भनेर बोलेको मैले आजसम्म सुनेको पनि छैन । अहिले हाम्रो महाधिवेशन पनि छैन । किनभने अहिले हामी पार्टी स्मुथली ड्राइभ गरिरहेका छौं । बिना तुकका कुराहरु गरेर कतिपय मान्छेहरुलाई सन्तुष्टि लाग्छ । त्यो आत्मसन्तुष्टिको लागि कतिपय मान्छेहरुले खपत गरेका छन् । हाम्रो पार्टीमा नीतिको बारेमा नेतृत्वको बारेमा कुनैपनि विवाद छैन । केन्द्रीय कमिटिको बैठकमा यस विषयले प्रवेश समेत पाएको छैन ।’


केन्द्रिय कमिटी सदस्य विशाल भट्टराईले २०८४ को निर्वाचनपछि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजनाका साथ अघि बढिहरको बताउनु भयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति  बनाउने विषयलाई बल पु¥याउने गरी अनुशासन लगायतका विषयमा बैठकमा छलफल जारी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेकपा एमाले एउटा राष्ट्रिय शक्ति हो । अनवरत रुपमा यो एउटा बलियो शक्तिको रुपमा रहँदै आइरहेको छ । र अब २०८४ पछि मुलुकमा नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्ने योजनाको साथ हामी अगाडि बढेका छौं । त्यसैलाई बल पुग्ने गरी पार्टीमा अुनशासन कायम हुने कुरा, पार्टीमा विधि स्थापित गर्नेकुरा, र पार्टीले अगामि दिनका लागि तय गरेका कार्यक्रमहरुलाई ग्रासरुटसम्म प¥ुयाउने कुराहरु बैठकमा उठेका छन् । यिनै कुराहरुलाई कार्यान्वयनमा लग्ने कुराहरु भएका छन् ।’


जारी एमाले केन्द्रिय कमिटि बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन