fbpx

अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक

author

समाचारपाटी

२ हप्ता अगाडि

नेकपा (एमाले) को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आईतवारदेखि शुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिनुभयो । उहाँले बैठकले काँग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको समेत बताउनु भयो । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्र्दभमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताउनु भयो । उहाँकाअनुसार सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ । उहाँले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण भएपनि समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने संकल्प बैठकले लिएको बताउनु भयो । उहाँले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन सबैलाई आह्वान  गरिएको समेत बताउनु भयो । 

बैठकका निर्णयहरु सुनाउँदै उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्वपूर्ण प्रश्तावहरु पारित गर्दै आजको बैठक समापनतर्फ गैसकेका छौं । मुलतः राजनीतिक, समसामयिक प्रस्तावहरुमा हामीले नेपाली काँग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरुको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरुबीचको आपसि विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस एतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ । दोस्रो, लामो सशस्त्र द्वन्द्व र लामो संक्रमण काल, भूकम्प महामारीको बीचमा विगत तीन दशकमा हामीले प्राप्त गरेका उपलब्धीहरु महत्वपूर्ण छन् । यद्यपी आज पनि सुस्त विकास, न्युन आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भता जस्ता चुनौतिहरु विद्यमान छन् । यसलाई राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादउन्मुख राज्य निर्माणमा हामी दृढ संकल्प बन्नुपर्छ र समृद्ध नेपाल र सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका निम्ति बलियो आत्मविश्वासका साथ हामी अगाडि बढ्नुपर्छ र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरण गर्ने अभियानमा सहभागि हुन हामीले सबैलाई आह्वान गरेका छौं । त्यसैगरी, स्वदेशभित्र अवसर नदेखेर अथवा भएको अवसर सदुपयोग गर्न नसकेर युवाहरुको युवाहरुको प्रवाशनबारे नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौं भनेर हुटहुटी बोकेका युवाहरुलाई प्रोत्साहन, सहयोग गर्ने निर्णय समेत भएको छ ।’


बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले धारणा रोखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।

—न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन