पोखरा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिए संगै विभिन्न पदका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।
आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न हुन लागेको महाधिवेशनको लागि देशभरीबाट सहभागी हुने प्रतिनिधि छनौट चलीरहदा नेतृत्व निर्माणमा भने पुस्तान्तरणको बिषयले समेत प्रवेश पाएको हो । झण्डै ८ बर्ष पुनर्गठनबाट नेतृत्व चयन गरेको अनेरास्ववियुको महाधिवेशनमा यो पटक पुस्तान्तरणको बहस र महाधिवेशनको रापताप बढेसंगै विभिन्न पदमा आकाक्षा व्यक्त गर्ने वा सम्भाबित रहने नयाँ पुराना अनुहारको नेतृत्व तहमा चर्चा हुन थालेको हो ।
अनेरास्ववियुमा अहिले केन्द्रिय कमिटी प्रवेशका हिसाबले झण्डै चार पुस्ताको प्रतिनिधित्ब रहेको बताईन्छ । जसमध्य अध्यक्ष पदका सशक्त दाबेदार देखिएका बरिस्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडालहरु पुरानो पुस्ता अर्थात २२ औं महाधिवेशनका पनि पदाधिकारी हुन भने वर्तमान अध्यक्ष सुनिता बराल नेतृत्वमा पुर्नगठन हुदा केन्द्रिय कमिटी सदस्यमा मनोनीतहरुले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दैछन् ।
अनेरास्ववियुमा अध्यक्ष पछि अत्यन्तै महत्वका साथ हेरीने महासचिवमा बर्तमान उपमहासचिव र सचिवहरुको तिव्र आकांक्षाका विच छनौट भएका प्रतिनिधिहरुको मनस्थिती र पुर्व विद्यार्थी नेताहरु पुस्तान्तरणको पक्षमा देखीए पछि महाधिवेशनको थप रौनक बढेको छ ।
यसैक्रममा महासचिव पद लागि गण्डकीबाट प्रकाश भुजेलको चर्चा सुरु भएको छ । कास्कीका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोग अध्यक्ष हुनुहुन्छ । उहाँले चाहाना देखाए पछिल्लो समय सुरु भएको पुस्तान्तरणको बहसलाई समेत सम्बोधन हुने गरेर प्रकाश नै महासचिव बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिहरु बताउँनुहुन्छ । भुजेल भने पदाधिकारीमा आफ्नो दावा स्वभाबिक भए पनि यहीँ पदमा आफ्नो उम्मेदवारी रहने भन्ने निश्कर्षमा आफू पुगी नसकेको बताउँनुहुन्छ । आफू एक खालको छलफलमा नै रहेको भन्दै उहाँले महासचिव वा उपाध्यक्ष पदमा आफ्नो चाहाना रहेको तर सहमति हुने अवस्था आए परिस्थिति फरक पनि बन्न सक्ने बताउनुभयाे ।

प्रकाश भुजेल काे हाे त ?
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा जन्मिएका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोगका अध्यक्ष हुनुहुन्छ । उहाँ तत्कालीन समयमा नेविसंघको दवदवा मानीने शंकरदेव क्याम्पसमा २०६५ सालको स्ववियु निर्वाचनमा सचिव सहित बहुमत सिट जिताउन महत्वपुर्ण भुमीका निर्वाह गरेका नेताका साथै स्वयम् आफु लोकप्रिय मत सहित अनेरास्ववियुबाट निर्वाचित स्ववियु सदस्य हुनुहुन्छ भने २०७३ सालको स्ववियु निर्वाचनको क्रममा सभापतीका उमेद्वारका रुपमा अगाडी सारीएका उम्मेदवार समेत हुनुहुन्छ ।
तथापी भुजेलकै लोकप्रियताको कारण उहाँको २८ बर्षे उमेर रहदा सम्म क्याम्पसले स्ववियु निर्वाचन नगरेको शंकरदेव क्याम्पसका जानाकारहरु बताउँछन् । जहाँ जिम्मेवारी प्राप्त गर्छन त्यस जिम्मेवारीलाई अत्यन्तै मेहनतका साथ रचनात्मक रुपमा सम्पन्न गर्ने कार्यकौशल राख्ने उहाँलाई आम कार्यकर्ताहरुले बर्तमान कमिटी भित्रको कर्मी माहुरीको संज्ञा दिने गर्नुभएकाे छ ।आफ्नो जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्न रमाउने र अनेरास्ववियुको हरेक कार्यक्रममा उत्तिकै सक्रिय रहने भएकाले पनि उहाँ पछिल्लो पुस्ताका विद्यार्थीका विच निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ ।
अनेरास्ववियु शंकरदेव क्याम्पसको विभिन्न जिम्मेवारी पुरा गर्दै अध्यक्ष समेत बनिसक्नुभएका उहाँ अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचन आयोग सदस्य हुदै केन्द्रमा प्रवेश गरी हाल सोही आयोगको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । अध्ययनको एक मात्र उदेश्यले २०६५ सालमा काठमाण्डौं छिरेको बताउने उहाँले शंकरदेव क्याम्पसबाट व्यवस्थापन र प्राईभेट तर्फबाट राजनैतिक शास्त्रमा सहित दुई बिषयमा स्नातोत्तर गरी हाल त्रिभुवन विश्वविद्यालयबाट एमफिल–पिएचडिका शोधार्थी रहनुभएकाे छ भने कानुनमा स्नातक गर्नुभएका अधिबक्ता समेत हुनुहुन्छ ।
अनेरास्ववियुले निति तथा विधान महाधिवेशन सम्पन्न गरी आगामी कार्यकालका लागी नयाँ नेतृत्व निर्माणको उदेश्य बोकेर तय गरेको महाधिवेशनले १७ पदाधिकारीसहित १ सय ९९ सदस्य केन्द्रिय कमिटी निर्वाचित गर्नेछ । महाधिबेशनमा देशभरीबाट आयोजक समेत गरी १ हजार ५ सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।