युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्रिसको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा सोमवार युरोपेली नेताहरुसँग भेट गर्नुभएको हो । आफ्नो भ्रमणका क्रममा जेलेन्स्कीले ग्रिसका प्रधानमन्त्री क्यारियाकोस मित्सोटाकिस र ग्रिसका राष्ट्रपति क्याटेरिना साकेलारोपौलोसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँले युरेपेली संघ (इयु) का युरोपेली नेताहरुको अनौपचारिक बैठकमा समेत सहभागी बन्नुभएको थियो । उत्तरी ग्रिसको थेसालोनिकी शहरको बन्दरगाहमा आयोजना भएको इयु वेस्टर्न बाल्कन शिखर सम्मेलनको २० वर्ष पूरा भएको अवसरमा उहाँलाई निमन्त्रणा गरिएको बताइएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्की ग्रिस पुगेपछि मात्रै उहाँको भ्रमणबारे औपचारिक घोषणा गरिएको थियो ।