काठमाडौंमा कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उँभौली पर्व मनाइयो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उँभौली पर्व मनाइएको छ ।
किराँत समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपी यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश नामाकरण गरेकोमा बिरोध पनि जनाएको छ ।

काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरुसहित प्रदेश नामाकरणको बिरोध गरेको हुन् । सबैले आफ्नो सांस्कृतिक पोशाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्डपनि प्रदर्शन गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताउनु भयो । उहाँले संघीयताको मर्म विपरित कोशी प्रदेश नामाकरण गरिएको भन्दै त्यसमा आफूहरु विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुशीसाथ उँभौली पर्व मान्न नसकेको बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरुलाई बहिष्करण गयो । यसको पहिचानलाई स्वीकारेन । १ नम्बर प्रदेशमा संघीयताको मुल मर्म अनुसार प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा नामाकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौँ । पञ्चायतकालिन महेन्द्र राजाले जसरी नदी नालाको नामले नाम राखेको थियो ।

त्यही नामलाई कपि पेस्ट गर्ने काम भयो । १ नम्बर प्रदेशमा पहिचानको आधारमा नाम हुन्छ भन्ने कल्पना गरेका थियौँ तर त्यहाँ रातारात केन्द्रको ठूला दलहरुका शिर्ष नेताले सामान्य प्रक्रिया पनि पूरा नगरी रातारात डकैती शैलीमा कोशी प्रदेश ल्याइयो । पहिचानको बिरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौँ । हामी पीडामा छौँ । दुई महिनादेखि सडकमा छौँ । हाम्रो चाडपर्व खुशीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्नेगरी देशभरीको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ ।’

कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचिन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामाकरण गर्न उहाँले माग गर्नुभयो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन