काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा सात विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५र४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले समान २र२ विकेट तथा गुल्सन झा र करण केशीले समान एकरएक विकेट लिए ।
नेपाल एक खेल अगाडि नै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । नेपालले अहिलेसम्मका ३ खेलमा तीन वटामै जित निकालेको छ ।
नेपाल ६ अङ्ककासाथ शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको यूएई दोस्रो र ३ खेलमा कुनै पनि खेल नजितेको हङकङ अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।