fbpx

रुसी सरकारी मिडियाका १० अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । अमेरिकाले रुसका सरकारी मिडियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति चुनावमा दखल दिएको आरोप लगाउँदै अमेरिकाले रुसी मिडियाका १० जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो ।

बीबीसीका अनुसार अमेरिकाको राष्ट्रपति चुनावलाई प्रभावित बनाउन अभियान नै चलाएको आरोप रुसमाथि छ ।

रुसको सरकारी मिडिया आरटी साविकको रसियन टुडे माथि रुसको सन्देश प्रवाह गर्नका लागि टेनेसीको एक फर्मलाई एक करोड डलर दिएको आरोप छ ।

प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानको नाम समेत छ । आरटीले भने अमेरिकी आरोपको खण्डन गरेको छ ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिस उम्मेदवार छन् ।

अमेरिकाका न्यायाधिवक्ता मेरिक गारल्याण्डले रुसले अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आफू अनुकुल होस् भन्ने चाहेको आरोप लगाएका छन् ।

अमेरिकाले युक्रेनलाई सघाइरहेकाले त्यसलाई रोक्ने उद्देश्यले रुसले अमेरिकी निर्वाचनको नतिजा आफू अनुकुल होस् चाहेको अमेरिकी अधिकारीहरुको भनाइ छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन कम गर्ने, रुस समर्थक नीतिलाई अगाडि बढाउने र अमेरिकाका मतदातालाई प्रभावित पार्ने उद्देश्य रुसको रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपालाई सूर्य थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन