काठमाडौं I तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा टिकटक बनाउन खोज्दा शिक्षिका र एक विद्यार्थीको ज्यान गएको छ।
गौखुरी माविकी नर्स शिक्षिका रविना राजवंशी र कक्षा ७ की १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको खोंचमा खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिनिमाया तामाङले जानकारी दिइन्।
शनिबार विद्यार्थीहरूको टोली नुहाउन खोलामा गएको बेला टिकटक बनाउन खोज्दा दुर्घटना भएको थियो। घटनामा सहभागी विद्यार्थीहरू घटनाबाट विक्षिप्त भएको प्रहरीले जनाएको छ।