काठमाडौं I काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमार्फत महिलाहरूलाई यौनधन्दामा संलग्न गराएको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भई बालाजु बस्ने सूर्य बहादुर तामाङ (उर्फ प्रितम) र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भई कागेश्वरी मनोहरा बस्ने चेत बहादुर कटुवाल रहेका छन्।
दरबारमार्ग प्रहरी वृत्तको टोलीले दुईवटा ट्याक्सीबाट ६ जना महिलाको उद्धार गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले महिलाहरूलाई ‘काममा लगाइदिन्छौं’ भन्दै फकाएर, कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै यौन सम्पर्कमा संलग्न गराएको खुल्न आएको छ।
प्रहरीले उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको जनाएको छ।