ट्वान्टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जर्सी सार्वजनिक गर्नुभएको हो । मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा खुसीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटले गर्दा समग्र खेलकुदमा नै उत्साह बढेको बताउनु भयो । 

राखेपका सदस्यसचिव घिसिङले एकै वर्ष नेपालको दुई टोली (नेपालको यु–१९ पुरुष टोलीको विश्वकपमा सहभागिता) ले विश्वकप खेल्नु गौरवपूर्ण अवस्था रहेको उल्लेख गर्दै नेपाली टोलीको सुन्दर जर्सीसँगै प्रदर्शन पनि सुन्दर हुने आशा व्यक्त गर्नुभयो । नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका हुन् । क्यानका सचिव पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो ।  सोमवार जर्सी सार्वजनिकमा क्यानका सचिव पारस खड्काले फरक भुमिकामा रहेर विश्वकपको जर्सी सार्वजनिक गर्ने अवसरमा साक्षी हुनु पाउनु गौरवको क्षण रहेको बताउनु भयो ।  
यद्यपि, खेलाडी र प्रशासकका रूपमा विश्वकप जर्सीमा सार्वजनिक गरेका पारसले यो ऐतिहासिक क्षणमा राष्ट्रिय टोलीलाई सहभागी गराउने आवश्यकता देखेनन् । क्यानले जर्सी सार्वजनिक कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान वा कुनैपनि खेलाडीलाई भने समावेश गरेनन् । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण रहेको अवसरमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वा कुनैपनि खेलाडीलाई समावेश नगराउनु क्यानको खराब पक्ष हो । 
उक्त विश्वकप खेल्ने जर्सी खेलकुद पोशाक कम्पनी केल्मी नेपालले निर्माण गरेको क्यानले जानकारी दियो । केल्मी नेपालका निर्देशक उत्तम न्यापानेले उक्त जर्सीमा सूर्य किरण र गोल्डेन कलर रहेको र जसको प्रतिक वारियरका साथै उदाउँदो रहेको जानकारी दिए । न्यौपानले जर्सीमा गैंडाको र सगरमाथाको चित्रका साथै दुई काँधको झण्डा राष्ट्रको समावेश गरिएको बताउनु भयो । केल्मी नेपालले छिट्टै कुनै प्रतियोगितामार्फ उक्त जर्सी नेपाली राष्ट्रिय टोलीलाई उपलब्ध गराउने र समर्थकका लागि पनि बुकिङ खुला गरिने जानकारी दिएका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन