टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई आफ्ना हतियारहरू आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ । कुर्दिश बहुल शहर दियारबाकिरमा बोल्दै एर्दोगानले १९८० को दशकदेखि दशौं हजारको ज्यान लिइसकेको संघर्षलाई समाधान गर्न आग्रह गर्नुभयो । उनको सरकारले हालै कुर्दिश समर्थक पीपुल्स इक्वालिटी एण्ड डेमोक्रेसी पार्टीबाट समर्थन प्राप्त गरेको छ । जसका सदस्यहरूले निशस्त्रीकरणको सम्भावनाहरू अन्वेषण गर्न जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकालानलाई भेटेका थिए । कूटनीतिक पहल जारी रहँदा पनि टर्की सुरक्षा बलहरूले संगठनमाथि दबाब कायम राखेका छन् । सिन्ह्वा